०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

धनुषाको ढल्केवरमा सबस्टेसन प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

Logo
प्रकाशित सोमबार, माघ १९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१९ माघ।धनुषाको मिथिला नगरपालिका वडा नम्बर ७ स्थित ढल्केवरमा निर्माण भएको देशकै ठूलो र पहिलो ४ सय केभी ढल्केवर सबस्टेसन प्रधानमन्त्री केपि ओलि शर्माले उद्घाटन गरेको छ। सोमबार ढल्केवरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले १३ बिघा जमिनमा फैलिएको ४००/२२० केभी सबस्टेसनको उद्घाटन गरेका हुन् ।

नेपाल सरकार र विद्युत् प्राधिकरणको करिब २ अर्ब २० करोड रुपैयाँकाे लगानीमा निर्माण भएको ४००/२२० केभीको ढल्केवर सबस्टेसन ४ सय केभी प्रणालीमा आधारित सबस्टेसन हो । ४००/२२० केभी ढल्केवर सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीनवटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९ सय मेगावाट विद्युत्‌लाई प्रसारण गर्न सक्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

सबस्टेसन सञ्चालनमा आएसँगै नेपाल र भारतबीचको ढल्केवर–मुजफ्फपुर पहिलो ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत दुई मुलुकबीच करिब १ हजार मेगावाटसम्म विद्युत् आदान–प्रदान गर्न सकिनेछ । हेटौँडा–ढल्केवर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण सकिएपछि करिब २/२ सय मेगावाट विद्युत् ढल्केवर सबस्टेसनबाट हेटौँडा र इनरुवातर्फ पठाउन सकिने उल्लेख बताइएकाे छ ।

दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् गोंगर–खिम्ती–ढल्केवर २२० केभी प्रसारण लाइनमार्फत ढल्केवर सबस्टेसम्म ल्याई मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाउन सकिनेछ ।

हेटौँडा–ढल्केवर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न नभएसम्मका लागि अहिले रहेको १३२ केभी प्रसारण लाइनमार्फत करिब ३ सय मेगावाट विद्युत् पूर्व–पश्चिम पठाउन सकिने व्यवस्था गरिएको छ ।

आन्तरिक खपत गरेर बढी भएको विद्युत्‌लाई सबस्टेसनमार्फत भारत निर्यात गर्न सकिनेछ । जीआईएस प्रविधियुक्त स्वचालित अत्याधुनिक सबस्टेसनलाई भविष्यमा थप विस्तार गर्दै जान मिल्ने गरी बनाइएको प्राधिकरणले जनाएको छ ।

भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट नेपालले पाउने निःशुल्क ऊर्जा पनि यही ढल्केवर सबस्टेसनमा प्राप्त हुनेछ । ४ सय केभी सबस्टेसन निर्माणका लागि २२ माघ २०७४ मा ठेक्का सम्झौता भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]