०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

प्रेरणा स्टेशनरी एण्ड फेन्सी स्टोर्समा चोरी

Logo
प्रकाशित मंगलबार, माघ २०, २०७७

न्यूजमधेश डेस्क 
जनकपुरधाम ,२० माघ ।धनुषाको विदेह नगरपालिका वडा नम्बर ६ तिनकौरिया चौकमा रहेको प्रेरणा स्टेशनरी एण्ड फेन्सी स्टोर्समा चोरी भएको हो।

चोरी भएको पसल भन्दा ७५ मिटर उत्तर प्रहरी चौकी गिद्धा बेलापट्टीको कार्यलय रहेको छ। पसलमा लगाइएको ताला फोडेर २ लाख भन्दा बढी मूल्य बराबरको सामाग्रीहरु सोमबार राति चोरी भएको प्रेरणा स्टेशनरी एण्ड फेन्सी स्टोर्सका संचालक हलखोरी मण्डलले जनकारी गराएको छ ।

उनका अनुसार फोटोकपी मेसिन , चुरी , फेसवास , वेल्ट , कापी डायरी, फुटबल, बरस्लेट ,पर्स , मोभ, सिकरी, पायल, सेम्फु , बडीलोशनलगाइत सामग्रीहरु चोरी भएको छ ।यो भन्दा अगाडि पनि यस पसलमा चोरी भएको थियो ।

घटनाबारे अनुसन्धान भैरहेको प्रहरी चौकी गिद्धा बेलापट्टीका कार्यालय प्रमुख अरविन्द सिंहले बताए।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]