०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

रुपन्देहीका ९ वटा सहकारी ‘मर्ज’ हुँदै

Logo
प्रकाशित शुक्रबार, माघ २३, २०७७

न्यूजमधेश डेस्क
बुटवल ,२३ माघ । रुपन्देहीको तिलोत्तमामा ९ वटा सहकारी संस्थाहरु एकीकरण ९मर्ज० हुने भएका छन् । नगरपालिकाका ५ वटा वडामा सञ्चालित दुई वटा बहुउद्देश्यीय र ७ वटा बचत तथा ऋण सहकारी संस्था एकीकरण हुन थालेका हुन् ।

विभिन्न प्रकृतिका चार हजार बढी सहकारी रहेका लुम्बिनी प्रदेशमा एकैपटक यति धेरै सहकारी संस्थाहरु मर्ज हुन लागेको यो पहिलो हो ।

एकीकरणपछि बन्ने सहकारीका शेयर सदस्य ४ हजार ९००, शेयर पुँजी ८ करोड ९५ लाख रुपैयाँ, बचत ७२ करोड २१ लाख ६३ हजार रुपैयाँ, जगेडा कोष १२ करोड ३७ लाख र अन्य कोष ९८ लाख ६० हजार रुपैयाँ हुने छ ।

नगरभित्र सञ्चालित स(साना सहकारी संस्थाहरुलाई एकीकरण गरी ठूलो र सुदृढ सहकारी बनाउन तिलोत्तमा(५ स्थित समावेशी कल्याण वचत तथा ऋण सहकारी संस्थाले एक वर्षदेखि पहल गरेको थियो ।

एकीकरण हुनेहरुमा वडा नंं १ को आदर्श बहुउद्देश्यीय र वडा नंं ५ को जन्मभूमि बहुउद्देश्यीय तथा वडा नंं १ को लोक कल्याण, वडा नंं ५ को समावेशी कल्याण, वडा नंं ५ कै स्वीकृति र धरति, वडा नंं ६ को दयालु,वडा नंं ९ को नौकट्टी र वडा नंं १२ को आधारभूत बचत तथा ऋण सहकारी संस्था लि।छन् ।

९ वटै सहकारीबीच आउँदो बैसाखदेखि वचत तथा ऋण सहकारी संस्थाका रुपमा एकीकृत कारोबार सुरु गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

एकीकरणपछि सहकारीले आफ्नो कार्यक्षेत्र तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका र बुटवल उपमहानगरपालिकासम्म विस्तार गर्ने जनाएको छ ।

एकीकरण अभियानका संयोजक भरत भुसालले आउँदो वैशाख १ गते एकीकृत कारोबार सुरु गर्ने लक्ष्यअनुसार एकीकरण प्रकृया अघि बढेको बताए ।

कार्यदलले सम्पूर्ण प्रकृया पूरा गरी एक महिनाभित्रै एकीकरण कार्यको कानुनी प्रकृया सुरु गर्ने भुसालले बताए ।

एकीकरण गर्दा सबै सहकारीमा कार्यरत कर्मचारीको रोजगारी सुनिश्चित गरिने र साविकका सहकारी संस्थाका कार्यालयलाई सेवा केन्द्रका रुपमा सञ्चालन गरिने सहमति भएको भुसालले बताए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सहकारी शाखा प्रमुख ज्ञानहरी पन्थीका अनुसार एकैपटक ९ वटा सहकारीबीच एकीकरण प्रदेशमै पहिलो उदाहरण हो ।

सहकारीहरुबीच एकीकरणलाई सरकारले पनि प्राथमिकता दिएको उल्लेख गर्दै पन्थीले यो एकीकरणले लुम्बिनी प्रदेशमात्र नभइ देशभर सकारात्मक सन्देश दिने बताए ।

लुम्बिनी प्रदेशमा एकीकरण अभियान उत्साहजनक रहेको र प्रदेश स्तरका सहकारी संस्था ६ सय ८० वटा रहेका पन्थीले बताए ।

सहकारी संस्थाको दीगो विकास र सुदृढिकरण, आर्थिक सुशासनका लागि पनि एकीकरण आवश्यक रहेको लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपाल बताउँछन् ।

एकीकरण अभियानलाई निरन्तरता दिदै संस्थालाई आउँदो पाँच वर्षभित्र प्रदेशकै अग्रणी सहकारी बनाउने लक्ष्य रहेको एकीकरण अभियानका अगुवा रामचन्द्र पाण्डेले बताए ।

लुम्बिनी प्रदेशमा सहकारी शेयर सदस्य संख्या ९ लाख ६७ हजार २२३ छ । यो संख्या नेपालभरका सदस्यहरुको कूल संख्याको १५।३ प्रतिशत हो ।

शेयर लगानी र निक्षेप परिचालनका हिसाबले नेपालको क्रमशः ८।२ प्रतिशत र ८।७ प्रतिशत हिस्सा लुम्बिनी प्रदेशका सहकारीले ओगटेका छन् । ऋण लगानीमा ११।२ प्रतिशत हिस्सा देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]