०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

पुरानो घाउमा आकाश र पूजाको जोडी

Logo
प्रकाशित शनिबार, माघ २४, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,२४ माघ । एउटा नयाँ चलचित्रको छायांकनमा रहेका अभिनेता आकाश श्रेष्ठले चलचित्र छायांकनबाट समय निकालेर एउटा नयाँ गजलको भिडियोमा मोडलिङ गरेका छन् ।

उनले अभिनेत्री अभिनेत्री पूजा शर्मासँग नयाँ गजल ‘पुरानो घाउ‘’को भिडियोमा अभिनय गरेका हुन् । यो गजलको भिडियो बिहीबार रिलिज गरिएको हो । आधा दर्जनभन्दा बढी चलचित्रमा लगातार जोडी बनेका आकाश र पूजा यो भिडियोमा पनि युगल रूपमा प्रस्तुत भएका हुन् ।

भिडियोमा पूजालाई निकै आकर्षक तरिकाले तारिएको छ । गीतमार्फत गीतकारले प्रेमीले प्रेमीकालाई पुराना प्रेमका याद भुलाएर जिन्दगी नयाँ तरिकाले अगाडि बढाएर सुखमय बनाउन भिडियोबाट प्रेरणा दिइएको छ । यो गजल निकै कर्णप्रिय भएकाले आफूले मोडलिङ गरेको अभिनेता आकाशले बताएका छन् । केही महिनायताबाट जोडीको रूपमा अभिनेत्री पूजा र अभिनेता आकाशले थुप्रै गीतको भिडियोमा अभिनय गरेका छन् ।

यो गजललाई गायिका अञ्जु पन्तले गाएकी हुन् । गजल पुरानो घाउलाई चन्द्र प्रसार्इं ‘परिस्कृत’ले लेखेका हुन् । सन्तोष श्रेष्ठले संगीत भरेको गजल माधुर्य बनेको छ । गजल सुन्दा आनन्द लाग्छ । गजलमा विष्णु अधिकारीको एरेन्ज, विश्व अधिकारीको रेकडिङ, मिक्सिङ र मास्टरिङ छ ।

इनाक्षी इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा देवेन्द्र पान्डेको निर्देशन, उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम। जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली चलचित्र महोत्सव आजदेखि सुरु हुँदैछ । जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामद्वारा संयुक्त रुपमा पहिलो पटक महोत्सव आयोजन हुन लागेको हो । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्सवको शुभारम्भ गर्नहुने कार्यक्रम रहेको लोक सञ्चारका अध्यक्ष एवं कार्यक्रम संयोजक रमेश रञ्जन झाले जानकारी दिए । दुई दिनसम्म चल्ने महोत्सवमा ललका पाग, लोटस […]

काठमाडौँ । अमेरिकाको मेरिल्याण्डमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को सातौँ संस्करण सुरू भएको छ । नवीन सुब्बाले निर्देशन गर्नुभएको चलचित्र ‘गाउँ आएको बाटो’ को अमेरिका प्रदर्शनी (युएसए प्रिमियर) सँगै सुरू भएको उक्त महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका चलचित्र, वृत्तचित्र, छोटा र सजीवता (एनिमेसन) विधाका गरी ३५ चलचित्र प्रदर्शन गरिने महोत्सव निर्देशक पूर्णसिंह […]

सर्लाही । आमचुनाव २०७९ यता मधेशमा बलियो पार्टीको रुपामा स्थापित भएको जनमत पार्टीप्रति जनताको आकर्षण झन् झन् बढ्दै गएको छ । डा.सीके राउतले नेतृत्व गरेको सो पार्टीमा आमचुनाव यता प्रवेश गर्नेहरुको लर्को नै लागेको छ भने सो क्रम अझै रोकिएको छैन । जनता समाजवादी पार्टी(जसपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र […]