न्यूजमधेश डेस्क
काठमाडौं,२८ माघ । अमेरिकी सिनेटमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोगको सुनुवाई अघि बढ्ने भएको छ । अमेरिकी सिनेटमा मतदानमार्फत् उक्त प्रस्ताव संविधानसम्मत रहेको घोषित भएको हो ।
बीबीसीका अनुसार सिनेटमा भएको मतदानमा पक्षमा ५६ र विपक्षमा ४४ मत खसेको थियो । सुनुवाइ जारी राख्नुपर्ने पक्षमा रिपब्लिकनका ६ जनाले मतदान गरेका थिए ।
हाउस अफ रिप्रेजेन्टेटिभ्सले गत महिना ट्रम्पमाथि महाअभियोग लगाएको थियो । ट्रम्पमाथि अमेरिकी संसदमा हिंसात्मक दंगा सुरुहुनुअघि आफ्ना समर्थकलाई उक्साएको आरोप लागेको छ ।