०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

प्रचण्डले १९ अर्ब भ्रष्टाचार गरेको खुलासा

Logo
प्रकाशित शनिबार, फाल्गुण ०१, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,१ फागुन । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्बौ भ्रष्टाचार गरेको खुलासा भएको छ ।

नेकपा ओली समूहका स्थायी कमिटि सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले युद्धकालमा प्रचण्डले १९ अर्ब बढी रकम अनियमितता गरेको बताउदैँ त्यसको हिसाबकिताब गर्ने समय आएको बताएका हुन्।

बुटवलमा पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले ती लगायत युद्धकालका धेरै विषयको हिसाबकिताब हुने बताए।

१९ हजारको नाम राखेर ३४ हजारको नाममा ल्याएको पैसा कहाँ गयो रु उनले भने, हामी अहिले वैचारिक र राजनीतिक संघर्षका क्रममा छौ, तर सोध्नुपर्ने बेला आएको छ, १९ अर्ब कहाँ गयो, प्रचण्डले जवाफ दिनुपर्छ।

उनले प्रचण्ड र माधव नेपालले आन्दोलनको नाममा सडकमा उट्पट्याङ गरिरहेको टिप्पणी गरे।

पार्टीको नेता भएर विवाद मिलाउने हो कि सडकमा जाने हो रु, पार्टीभित्रै मिलाउनुपर्दैन, उनले भने, उहाँहरू विकास र समृद्धिको नेतृत्व गर्न छाडेर पद, शक्तिका लागि सडकमा जानुभो, साथीहरूले बाटो बिराउनुभएको छ।

यता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जनयद्धका समयमा झण्डै ६० करोडको अनियमितता भएको खुलासा गरेका छन्।

पूर्वजनमुक्ति सेना नेपालको आज बुटवलमा भएको राष्ट्रिय भेला तथा अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

मन्त्री भट्टले भने,’माओवादी जनयद्धका समयमा पूर्वलडाकुका विभिन्न डिभिजनमा झण्डै रु ६० करोडको अनियमितता भएको थियो ।’

उनले विद्यालयमा पढ्दै गरेका विद्यार्थीलाई बुर्जुवा शिक्षाको काम छैन भनी विद्यालयबाट निकालेर जनयुद्धमा समावेश गराएकाले अहिले आफ्नो स्वार्थ पूरा भएपछि लात हान्ने काम गरेको बताए ।

उनले जनयुद्धका कमीकमजोरी र राम्रा पक्षको विश्लेषण गर्दै यसको स्वामित्व लिन प्रधानमन्त्रीलाई आग्रह गरेको बताए ।

मन्त्री भट्टले भूमि, व्यवस्था आयोगमार्फत घरबारविहीन भएका पूर्वलडाकुका मागलाई सम्बोधन गर्ने बताउँदै विध्वंशकारी अराजनीतिक प्रतिक्रान्ति गतिविधि रोक्न जनमुक्ति सेना अगाडि आउनुपर्ने धारणा राखे।

उसो त प्रचण्डलाई जनयुद्धकै अर्का सहयात्री डा। बाबुराम भट्टराईले सार्वजनिक कार्यक्रममा २० अर्ब घोटाला गरेको आरोप लगाएका थिए । प्रचण्डले अनियमितताको गरेको अर्बौ रकम विदेशी बैंकहरुमा राखेका बताईन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]