
न्यूजमधेश डेस्क
जनकपुरधाम, २ फागुन । विभिन्न पार्टी परित्याग गरि करीब एक सय भन्दा बढी व्यक्ति जनमत पार्टीमा प्रवेश गरेका छन् ।
आइतबार जनमत पार्टी धनुषाले आयोजना गरेका कार्यकर्ता प्रशिक्षण तथा भेटघाट कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।
नव प्रवेशीलाई जनमत पार्टी राष्ट्रिय अध्यक्ष डा। सीके राउतले अबीर फुल माला लगाएर स्वागत गरे ।
कार्यक्रममा गैर आवासीय मधेश संघका अन्तर्राष्ट्रिय संयोजक ई बशन्त कुशुवाहा ,जनमत पार्टीका केन्द्रीय सदस्य ईन्द्रजित यादव ,चिकिस्तक जनमत संघका राष्ट्रिय प्रवक्ता डा बिनय पजियार,हुलाकी न्यूजका सम्पादक विपी साहलगाइतका व्यक्ति उपस्थिति रहेको थियो ।