१३ कार्तिक २०८१, बुधबार
30-10-2024 , Wed
×

प्रदेशस्तरीय महिला हस्तकला मेला शुरु

Logo
प्रकाशित आइतबार, फाल्गुण ०२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२ फागुन । महिला उद्यमीबाट उत्पादित हस्तकलाका सामानको बिक्री प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि जनकपुरधाममा प्रदेशस्तरीय मेला शुरु भएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र नेपाल हस्तकला महासङ्घको संयुक्त आयोजनामा स्थानीय गोपाल धर्मशालामा शुरु भएको सो मेलामा प्रदेशका आठवटै जिल्लाका महिला उद्यमीबाट उत्पादित हस्तकलाका सामानको ५० वटा कक्ष रहेको छ ।

मेलाबाट प्रदेश नं २ मा हस्तकला वस्तुलगायत स्थानीय उद्योगबाट उत्पादित सामानको बजार प्रवद्र्धन, स्थानीय कला तथा संस्कृतिको प्रचारप्रसार, नवोदित उद्यमीलाई वस्तु उत्पादनको बजारीकरण र उत्प्रेरणा, गरीब तथा विपन्न वर्गका महिला उद्यमी र तिनका परिवारलाई लघु, घरेलु हस्तकला उद्योगप्रति आकर्षण, स्थानीय उत्पादक, उपभोक्ता र क्रेतालाई एकै छातामुनि भेला गराई स्थानीय हस्तकलाको बजार प्रवद्र्धन, उद्यमीव्यवसायीको सम्पर्क र सम्बन्ध विकास हुने विश्वास गरिएको छ ।

मेलामा हस्तकला उद्यमी, व्यवसायीद्वारा उत्पादित स्थानीयस्तरका विभिन्न वस्तु, मिथिला कला, माटाका भाँडा, लाहाका गरगहना, प्राकृतिक रेसाका वस्तु, चाँदीका गरगहना, पस्मिना ऊनी तथा सुर्तीजन्य वस्तु, काष्ठकला र हाते कागजजन्य वस्तुसमेत राखिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले मेलाको उद्घाटन गर्दै महिलाका सीप र सिर्जनालाई प्रोत्साहन र कुरीतिलाई हटाउने कार्यमा तीनै तहको क्रियाशीलता आवश्यक रहेको धारणा राख्नुभयो । कागजी झन्झटका कारण अधिकांश महिला उद्यमीको सरकारी योजनामा पहुँच हुन नसक्नु समस्याप्रति सरकारी निकायका पदाधिकारी गम्भीर हुनु जरुरी छ भन्दै उहाँले महिला उद्यमीलाई अवसर र योजनाबाट वञ्चित नहुने प्रक्रियागत सहजीकरणमा सबै पक्षबाट सहयोगको खाँचो आँैल्यानुुभयो । मन्त्रालयका सचिव यमकुमारी खतिवडाले जनकपुरधाम मिथिलाको हव भएको चर्चा गर्दै मिथिला कलाको अग्रणी संस्था नारी विकास केन्द्रको दुरावस्थाप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ भन्नुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले महिला उद्यमीको व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले उपमहानगरपालिकाले विशेष योजना सञ्चालन गरेको जानकारी दिनुभयो । धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले महिला उद्यमीद्वारा उत्पादित हस्तकलाका सामानलाई जिल्लाका हरेक कार्यालयमा प्रयोग गराउने अवधारणा राखेको बताउनुभयो ।

मेला फागुन ४ गतेसम्म चल्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]