न्यूजमधेश डेस्क
जनकपुरधाम ,३ फागुन। जिल्ला सहकारी संघ लिमिटेड् धनुषाले संचालक समिति र लेखा समितिको निर्वाचन नभएको जनाएको छ ।
संघका अध्यक्ष हरिश्चन्द्र प्रसाद हरिऔध र उपाध्यक्ष बिनोद रोहिताले आईतबार एक बिज्ञप्ती जारी गर्दै पुराना पदाधिकारी र लखा समितिका पदाधिकारी यथावत नै रहेको बताएका छन् ।
सामाजिक संजालमा पदाधिकारीको नामावली प्रकाशन गरेर भ्रम फैलाइएको जारी बिज्ञप्तीमा भनिएको छ ।
यस्ता भ्रामक सूचना सामाजिक संजालमा राखिएकोप्रति बिज्ञप्तीमा भत्र्सना गरिएको छ ।