न्यूजमधेश डेस्क
काठमाडौं ,७ फागुन। प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथ लिएका छन् ।
शुक्रबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई पथ तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।
सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले रौतहटका राजेश झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आजै पदमुक्त गरेकी थिइन् ।