०९ मंसिर २०८१, सोमबार
25-11-2024 , Mon
×

सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ

Logo
प्रकाशित शनिबार, फाल्गुण १५, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,१५ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीकालेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न आज त्यसतर्फ उड्नुभएको छ । उहाँले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्नु हुनेछ ।

लामिछानेका व्यवस्थापक रमन शिवाकोटीका अनुसार शुक्रबार साँझ मात्र सन्दीपले पिएसएल खेल्ने पक्का भएको हो । लामिछानेलाई राशिद खानको ठाउँमा बाँकी खेल खेलाउने लाहोर कलन्दर्सले निर्णय गरेको हो । जिम्बावेविरुद्धको टेष्ट र टी २० सिरिजका कारण अफगानिस्तानी क्रिकेट खेलाडी खानले पिएसएलको बीचमा नै प्रतियोगिता छोड्नु परेको हो ।

उहाँको स्थानमा लाहोरले लामिछानेलाई छनोट गरेको हो । लामिछाने कतार एअरवेजमार्फत दोहा हुँदै कराँचीतर्फ लाग्नुभएको हो । यसअघि लामिछाने पिएसएलको ड्राफ्टमा सर्वाधिक महँगो प्लाटिनम श्रेणीमा रहनुभएको थियो ।

उक्त ड्राफ्टमा नेपालबाट उहाँसहित पूर्वकप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कप्तान ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, अभिनास बोहोरा, पवन सर्राफ, सुवास खकुरेल र आसिफ शेख समावेश हुनुभएको थियो ।

लाहोर कलन्दर्सले जारी प्रतियोगितामका तीन खेलमा दुईमा जीत तथा एकमा हार बेहोरेको छ । लाहोर कलन्दर्स लिगको तेस्रो स्थानमा रहेको छ ।

लामिछानेले यसअघि सन् २०१९ मा पनि लाहोरबाट नै खेल्नुभएको थियो । सन्दीपले सात खेलमा ११ विकेट लिनुभएको थियो । सन् २०२० मा भने उहाँले पिएसएल खेल्न पाउनुभएन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले देशका लागि अनुशासित, सभ्य तथा सु–संस्कृत नागरिक तयार गर्न विद्यालय तहबाट नै खेलकुदको विकासमा लाग्नुपर्ने बताएका छन् । उनले त्यसका लागि प्रदेश सरकारले खेलकुद ऐन बनाउने तयारी गरेको बताए । ओलम्पिक दिवस २०२४ का अवसरमा मधेस प्रदेश स्पोर्टस फर अल कमिसनद्वारा सञ्चालन भएको विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा विजयी खेलाडीलाई […]

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ । स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्टस् क्लबले खेलमैदान निर्माण गरेको हो । रु ४३ लाख ७७ हजार एक सय ५७ को लगानीमा निर्माण भएको खेलमैदानका लागि रु ३५ लाखभन्दा बढी प्रवासी र स्थानीयवासीले चन्दा सहयोग गरेका क्लबका अध्यक्ष केशव पाइजाले […]

जनकपुरधाम। एन्फा धनुषा जिल्ला लिग फुटबल प्रतियोगिता २०८०/०८१ को उपाधि यज्ञभुमि युवा समाज धारापानीले जित्नुभएको छ। ज्नकपुरधाम उपमहानगरपालिका -१३ स्थित कबडहलको खेलमैदानमा आज भएको फाइनल खेलमा बेंगाडाबरलाई हराउदै ०-१ गोलले जनकपुरधाम स्थित कर्भडहल फुटबल मैदानमा मंगलबार भएको फाइनल खेलमा यज्ञभुमि युवा समाज धारापानी विजयी भएको हो। उक्त फाइनल खेल मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको […]