न्यूजमधेश डेस्क
जनकपुरधाम ,२६ फागुन । प्रदेश नम्बर २ अस्थायी राजधानी जनकपुरधाममा रहेको रामजानकी अस्पतालले गरिबका छोरालाई फ्रीमै उपचार गरेका छन् ।
मंगलबार अस्पतालमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
धनुषाको विदेह नगरपालिका वडा नम्बर ३ कर्माहीको बजरंग ठाकुरको एक वर्षीय छोरा भरोसी ठाकुरको उपचार अस्पतालले निःशुल्क गरेको छ।
ज्वारो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या आएपछि बजरंगीले छोरालाई फागुन २० गते सो अस्पतालमा भर्ना गराएका थिए ।
अस्पतालले एनआईसीयूमा राखेर बच्चाको उपचार गर्यो। तर अस्पताललाई रुपैया तिर्ने हैसियत उनीसँग थिएन ।अस्पतालले उनको घरको अवस्थाबारे झुने।
तर वास्तावमा रकम तिर्ने हैसियत नभएको जानकारी पाएपछि उपचार शुल्क नलिने निष्कर्षमा पुगेको छ ।अस्पतालका सञ्चालक विकाशचन्द्र गुप्ताले बालक भरोसीको उपचार गर्दा करिब ७० हजारको बिल बनेको र उनको घरको अवस्था एकदमै कमजोर रहेको थाहा पाएपछि सबै शुल्क नलिने निर्णय गरेको बताए ।
उनले भने, ‘रुपैया नै सबैभन्दा ठूलो कुरा होइन्। मानवता पनि बुझ्नुपर्छ । हामीले उनको पीडा थाहा पाएपछि उपचार शुल्क नदिने निर्णय गरेका छौ ।’ सो अस्पतालले यसअघि पनि कैयौं विरामीलाई निःशुल्क उपचार गरेको छ ।
जनकपुरका अधिकांश अस्पताल ठगी धन्दामा लागेका बेला रामजानकी अस्पतालले गरिब विपन्नको निःशुल्क उपचार गरेपछि एकाएक चर्चामा आएको छ ।