न्यूजमधेश डेस्क
जनकपुरधाम ,२६ फागुन । जनकपुर जेसीजले मृत्यू भएका एक यूवकको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
जनकपुर जेसिजका सदस्य समेत रहेका दिलीप यादवको फागुन २२ गते ३० वर्षको उमेरमा मृत्यु भएको थियो । मृतक यादव परिवारको आर्थिक अवस्था कमजोर रहेकाले जेसिजले सहयोग गरेको हो ।
मृतक यादवको परिवारलाई जनकपुर जेसिज परिवारले २५ हजार सहयोग गरेको उपाध्यक्ष उपेन्द्र साहले जानकारी दिए ।