नविन पण्डित
युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवतर्नका संवाहक शक्ति हुन् ।साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरका रूपमा रहेको हुन्छ, जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोत समेत मानिन्छ ।
म पनि युवा। म जस्तै लाखौं युवाहरु मेरो देशमा छन्। युवाहरुमा देश बनाउने सपना हुन्छ। आफ्नो भविष्य सुरक्षित गर्ने इच्छा हुन्छ। भविष्यको मिठो पलहरुको परिकल्पना हुन्छ।
समाज कता जाँदैछ, देश कता जाँदैछ, मलाई कसले कतातिर डोर्याउँदैछ, भन्ने कुरा स्वयम युवाले बुझ्न सक्नुपर्दछ। म कसैको ग्राहक, कसैको अनुगामी वा भक्त मात्र बन्दैछु कि मैले मेरो क्षमता अनुसारकै बाटो कोर्दैछु भनने कुराको पनि हेक्का हुनु पर्दछ। मेरो स्वतन्त्र अस्तित्व छ भन्ने बुझ्नु मात्रै पनि सवथोक होइन ।
स्वतन्त्रताको कति सदुपयोग र दुरुपयोग के गर्दैछु भन्ने कुराको पनि ज्ञान हुनु पर्दछ। आफ्नो भविष्यको लागि आफैले बुझेर नयाँ गोरेटो कोर्न सक्नुपर्दछ। ठिकलाई ठिक र गलत लाई गलत भन्ने अवस्थामा पुग्नु कहिल्यै पछि हटनु हुदैन। युवाले नै सहि गलत पहिचान गर्न नसक्ने हो भने देशले गति लिन सक्दैन। हामी अहिले पनि कुनै कुरालाई गलत र कुनै कुरालाई ठिक भनेर सामाजिक सञ्जाल देखि चिया पसलमा बसेर भनि रहेका त हुन्छौ नै। तर, नपढिकन, नबुझिकन हचुवाको भरमा। फलानो मिडियामा यस्तो आयो ,फलानो नेताले यस्तो भन्यो भनेकै आधारमा अनि धेरै रे ,रे कै आधारमा ।
हो म जस्तै कयौ युवाहरु आफ्नो भविष्य सुरक्षित बनाउन दिनरात परश्रम गरिरहेका हुन्छन। तर सोचेको जस्तो प्रतिफल नपाउँदा युवाहरुमा निराशा र नैराश्यता पैदा बढ्दै गएको छ। जब मानिसले सोचेको कुरा पुरा हुदैन अझ भनौं आफुले गरेको मेहनत अनुसारको फल प्राप्ति गर्न सक्दैन तब मानिस विभिन्न मानसिक रोगको समेत शिकार हुन पुग्दछ।
यस्तो अवस्यामा अनिद्रा, विषाद्, चिन्ता र नकारात्मक धारणाको बाढी नै पनि आउन सक्छ। तर युवास्था भनेको निरास हुने अवस्था हैन। आशावादी हुने, केही गरेर देखाउने अवस्था हो। तर धेरै युवाहरुमा के गर्ने भन्नेबारेमा थाहा नै हुदैन। के गर्ने कसो गर्ने भन्ने बारे निर्णय क्षमतामा विकास भइसकेको हुँदैन। यस्तो अवस्थामा साथीभाइ अथवा अरूको लहैलहैमा लागेर कतिले गलत बाटो पनि रोज्न सक्छन्।
हरेक युवालाई सिर्जनशीलतामा लगाउन र भविष्य निर्धारण गर्न सही परामर्श जरुरी हुन्छ। सही मार्गनिर्देशनको अभावमा धेरैले करियर एक्सिडेन्टको सामना गर्नुपरेको पनि हामिसँग प्रस्शतै उदाहरण्ण भेटिन्छ। अझ बढि यस्तो समस्या कलेजम पढ्ने विद्यार्थीवर्गहरुमा हुन्छ। कतिपयले सही विषयको छनौट गर्न नसक्दा भविष्य नै अन्यौल बन्न पुग्दछ। आफ्नो क्षमता के हो आफुसँग के छ त्यसलाई थप प्रभावकारी बनाउने भन्दा पनि हरुको देखासिखिमा लाग्दा झन बढि समस्स्या हुनसक्छ।
विश्वविधालयमा गरिने अध्ययनको समयलाई भविष्यको आकार कोर्ने समयका रूपमा पनि लिने भएकाले सही विषयको छनौट नै भविष्यको आधार बन्न सक्छ। हाम्रो समाजको चेतना स्तर हेर्ने हो भने हिजो र आजमा धेरै नै परिवर्तन आएको छ।
शिक्षामा राज्यले ठूलो लगानी गरेको छ। तर विडम्बना न त राज्यले केहि पाएको छ नत विद्यार्थीले नै केही प्राप्त गर्न सकेको छ। एउटा विद्यार्थीले लिएको ज्ञानको १० वर्षपछिको बजार भविष्य के हो रु विद्यार्थीले लिएको ज्ञान, सीपले उच्च व्यावसायिक सफलता हात पर्न सक्नुपर्छ ,। विद्यार्थीहरुलाई पढाइमा मात्र होइन पढेको कुरालाई व्यवहारमा उतार्नु प्रमुख चुनौति हो। एकथरि युवा प्लस टु पास गर्नेवित्तिकै विदेश जान्छन्।
बाँकी रहेकाहरु स्नातकपछि उड्छन्। केही मास्टर डिग्री र पीएचडीका लागि जान्छन् र उतै हराउँछन्। युवाको नतिजाले अभिवावक चिन्तित हुनु स्वाभाविक नै हो। तर चिन्ता कतिसम्म लिने र के मा लिने भन्ने कुराले प्रमुख अर्थ राख्दछ। मैले यस्ता धेरै मेरा युवा साथिहरु भेटेको छु जस्लाई गीत सँगितमा कुनै रुचि नै छन् तर उ टेलिभिजनमा आउने रियालिटि शो लोभले गीत गाउन पुग्दछ।
जसलाई पत्रकारीताको प समेत आउन्न तर उ मिडियामा छाउने सपना बुन्दछ तर त्यस अनुसारको मेहनत गर्न सक्दैन। त्यसैले युवाहरुले अब आफ्नो क्षमता चिनेर अगि बढ्नुनै राम्रो हुन्छ।