१३ कार्तिक २०८१, बुधबार
30-10-2024 , Wed
×

मेयर संजिव साहद्वारा स्वास्थ्य चौकी भवनको शिलान्यास

Logo
प्रकाशित बिहिबार, चैत्र ०५, २०७७

सिबेन्द्र रोहिता
जनकपुरधाम,५ चैत्र । महोत्तरीको भंगहा नगरपालिका १ मा स्वास्थ्य केन्द्र संचालनमा आउने भएको छ । बुधवार एक समारोहबीच भंगहाका मेयर संजीव साहले स्वास्थ्य केन्द्र भवनको शिलान्यास गरे ।

भवन निर्माणका लागि २० लाख ४७ हजार ३४५ रुपैयामा ठेक्का समेत लागिसकेको नगरपालिकाले जनाएको छ । भवन निर्माण समयमै सक्न ठेकेदार कम्पनीलाई मेयर साहले निर्देशन दिए ।

स्वास्थ्य संस्था नहुँदा वडा १ का बासिन्दा समस्यामा पर्ने गरेका थिए । जनताले सहज रुपमा स्वास्थ्य सेवा पाओस् भन्ने उदेश्यले स्वास्थ्य केन्द्र संचालनमा ल्याउन लागेको मेयर साहको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]