०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

विद्यार्थी शुल्क वृद्धिको विरोधमा

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७

न्यूजमधेश डेस्क
कञ्चनपुर, १० चैत्र । सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी शुल्क वृद्धिको विरोधमा उत्रिएका छन् । सात विद्यार्थी सङ्गठनले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरी विरोधमा उत्रिएका हुन् ।

शुल्क वृद्धिका विरुद्ध प्रचारप्रसार गर्ने र प्लेकार्डसहित धर्ना दिने गर्ने कार्यक्रम तय गरिएका छन् । “शुल्क वृद्धि फिर्ता नभएसम्म विरोधका कार्यक्रम जारी रहन्छन्”, अखिल क्रान्तिकारीका अध्यक्ष गणेशराज मिश्रले भन्नुभयो, “शुल्क वृद्धिविरुद्ध चैत १२ गतेसम्म विरोधका कार्यक्रम तय गरेका छौँ ।”

विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय क्याम्पसको लेखा शाखामा तालाबन्दी गर्नाका साथै विश्वविद्यालयका पदाधिकारीहरुलाई कार्यालय प्रवेशमा निषेध गरेका छन् । सवारी साधनको दुरुपयोग रोक्नका लागि जनाउँदै नियन्त्रणमा लिने कार्यसमेत जारी राखेका छन् ।

कोभिड–१९ का कारण अभिभावकको रोजगारी गुमेका कारण अधिकांश विद्यार्थीले विश्वविद्यालयको शुल्क तिर्न नसक्ने भएकाले यसका विरुद्ध विरोधमा उत्रिनु परेको विद्यार्थी सङ्गठनमा आबद्ध विद्यार्थीको भनाइ छ ।

विरोध कार्यक्रमका बीचमा अध्यापनको कार्यलाई अवरोध भने विद्यार्थीले गरेका छैनन् । शुल्क वृद्धिको विरोधमा विद्यार्थीहरुले दुई साता अघिदेखि विरोधका कार्यक्रम गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]