सिबेन्द्र रोहिता
जनकपुरधाम ,११ चैत्र। प्रहरी जवान सुरेन्द्र राम धनुषा प्रहरीको फागुन महिनाको उत्कृष्ट प्रहरी चयन भएका छन् ।
सीमा चौकी कटिकटैया महोत्तरी दरबन्दी भई जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत राम बिभिन्न समयमा लागूऔषध, बिभिन्न मुद्दका फरार प्रतिवादीलाई पक्राउ गरेकाले उनलाई फागुन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।
यसका साथै गत माघ ६ गते लक्ष्मिनियाँ गाउँपालिका १ बस्ने विवेक यादवलाई २ थान कटुवा पेस्तोलसहित पक्राउ गरी उच्च जोखिमपूर्ण तथा साहसी रुपले आफ्नो पदीय दायित्व इमान्दारीपूर्वक निर्वाह गरेकाले फागुन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए ।