०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

शुभकामना साटासाट गरि कमला नगरपालिकामा होलि मनाइयो

Logo
प्रकाशित शनिबार, चैत्र १४, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१४ चैत्र । धनुषाको कमला नगरपालिकामा होलीको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम नगरप्रमुख राम उदगार गोइतको अध्यक्षतामा भएका होलीको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको प्रमुख अतिथि धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरिया रहेको थियो ।

प्रमुख अतिथि समेत रहेका सांसद अरगरियाले होलीको शुभकामना व्यक्त गरेका छन् ।

उक्त कार्यक्रम कमला नगरपालिकाका कार्यकारणी प्रमुख प्रशासकीय बिरेन्द्र सडान, वडाअध्यक्ष ,कर्माचारीहरु उपस्थिती रहेको थियो ।

सो कार्यक्रम समापन गर्दै नगर प्रमुख राम उदगार गोइतले सामाजिक सद्भाव तथा प्रेमको प्रतीकको रुपमा मनाइने रंग र अविरहरुको महान पर्व होलीको शुभ अवसरमा सम्पूर्ण कमला नगरबासी तथा देश विदेशमा रहेका नेपालिमा सुस्वास्थ्य सुख ,शान्ति र समृद्धिको कामना सहित होलिको शुभकामना व्यक्त गरेका छन् ।उनले भने कोरोना भाइरसको मध्यनजर राखेर घरमै बसेर सुरक्षित साथ् होलि पर्व मनाउ आग्रह गरेका हुन् ।

कार्यक्रममा उपस्थित सबैजनाले एक आपसमा शुभकामना साटासाट गर्दै अबिर एक अर्कालाई लगाएर होलि मनाएको हो ।

त्यसैगरी सांसद अरगरियालाई नगरप्रमुख गोइतले दोसला ओढाएर सम्मान समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]