०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

जनमत पार्टीको महाधिवेशनको तयारीमा तिब्रता दिदै

Logo
प्रकाशित आइतबार, चैत्र २२, २०७७

न्यूजमधेश डेस्क  
जनकपुरधाम,२२चैत्र । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीब्र पारेको छ । जनकपुर स्थित बारह्विघा मैदानमा सो पार्टीले चैत २८ मा महाधिवेशन गर्न लागेको हो ।

महाधिवेशनका लागि अहिले बारह्विघा मैदानमा विशाल पण्डाल निर्माण गरिदैछ । महाधिवेशनमा ५ हजार प्रतिनिधि र २५ हजार स्वयंमसेवक सहभागी हुने केन्द्रिय अध्यक्ष डा.राउतले दावी गरेका छन् । विदेशका अतिथिहरु समेत सहभागी हुने उनको भनाई छ । महाधिवेशन निर्वाचन समितिले उम्मेदवारका लागि कडा आचारसंहिता बनाएको छ । समिति संयोजक संजय कुमार सिंहले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार कुनै पनि उम्मेदवार वा तिनका समर्थकले मत माग्दा अन्य उम्मेदवारलाई कुनै पनि प्रकारको विरोध पाउँदैनन् । यस्तै गुटबन्दी र गालीगलौज गर्न÷गराउन पाइने छैन ।

यस्तै उम्मेदवारले आफ् ना प्रतिस्पर्धीलाई लक्षित गरी विवादित अथवा दोहोरो अर्थ लाग्ने शब्द, फोटो वा संकेत गर्न गराउन नपाइने जारी आचार–संहितामा उल्लेख छ । कुनै प्रकारको साम्प्रदायिकता, धार्मिकता, जातियता वा लैङ्िगक विभेद झल्किने दुस्प्रचार गर्न पाइने छैन । महाधिवेशन निर्वाचन आचार संहिता विपरित काम गर्ने गराउनेलाई निर्वाचन निर्देशिका अनुसार लिखित जवाफसहित स्पष्टीकरण लिने र कारबाही गर्न सकिने चेतावनी समेत उम्मेदवारलाई दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]