०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

कमला २ मा जनमतको प्रथम वडा अधिवेशनबाट अध्यक्षमा महतो चयन

Logo
प्रकाशित शनिबार, बैशाख ०४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,४ बैशाख ।डा सीके राउत नेतृत्वको जनमत पार्टी धनुषाले कमला नगरपालिका वडा नम्बर  २ मा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।

शनिवार नगरपालिकाको वडा नम्बर २ स्थित माचीमा प्रथम वडा अधिवेशनबाट सुनिल महतोको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

सो वडा कार्यसमितिको महिला उपाध्यक्ष रेणु देवी ,उपाध्यक्षमा संजय कुमार यादव ,सचिवमा सुरज कुमार यादव ,सहसचिवमा राम प्रमोद कु महतो र कोषाध्यक्षमा सुरेश कुमार साहलाई सर्वसहमतिले चयन गरेको छ ।

त्यसैगरी सदस्यमा सिकेन्द्र यादव ,मनोज कुमार यादव ,संगीता देवी ,रेखा देवी सहनी र सोभा कुमारी बिन रहेको छ ।

उक्त वडा अधिवशेनमा जनमत पार्टीका केन्द्रीय सदस्य ईन्द्रजित यादव ,दलित जनमत संघका प्रदेश २ संयोजक रघुबीर दास ,महिला नेत्री रेखा मण्डल ,अनिता यादव ,उषा यादव , जनमत पार्टी कमला नगरपालिका ३ का अध्यक्ष दिपेन्द्र यादव ,वडा नम्बर ४ का अध्यक्ष शम्भु महराको उपस्थितिमा सम्पन्न भएको छ ।

त्यसैगरी हुसेनी मन्सुरी ,बिबेक मोरबैता,पल्टु यादव ,विजय सहनी ,प्रदिप मण्डल ,रामकुमार मण्डलसहितको पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]