०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

मोक्षधामका चार धाममा कलात्मक मन्दिर बनाइँदै

Logo
प्रकाशित आइतबार, बैशाख ०५, २०७८

न्यूजमधेश डेस्क
रुपन्देही ,५ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीमा रहेको मोक्षधाममा चारधामका कलात्मक नमूना मन्दिर निर्माण गरिने भएको छ । पुराणमा उल्लेख भएअनुसार भारतका बद्रीनाथ, जगन्नाथ, रामेश्वरम र द्वारिका गरी चार धाम तथा नेपालका रामजानकी मन्दिर र लुम्बिनी बौद्ध स्तूप त्यहाँ बन्न लागेको हो ।

पृथ्वीमा स्वर्गको आभास हुने परिकल्पना गरिएको मोक्षधाममा ती धामसहित विभिन्न देवीदेवताका मूर्ति राखिने मोक्षधाम सेवा आश्रमका अध्यक्ष रोमणीप्रसाद पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको धार्मिक पर्यटनलाई केन्द्रमा राखेर मोक्षधामको परिकल्पना गरिएको हो । ती ६ धाम निर्माणका लागि करीब रु एक अर्ब लागत लाग्ने अनुमान गरिएको छ । मोक्षधामको यही वैशाख ११ गते शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ ।

आयोजना निर्माणस्थलमा ती धाम, मन्दिर र स्तूपका सन्तमहन्त, जनप्रतिनिधि, राजनीतिज्ञ, समाजसेवी लब्धप्रतिष्ठित व्यक्ति, व्यापारी, उद्योगी तथा भक्तजनबाट सामूहिक रुपमा शिलान्यास गर्ने कार्यक्रम तय गरिएको धामका कोषाध्यक्ष नारायण बञ्जाडेले जानकारी दिनुभयोे ।

यसैगरी निर्माण सम्पन्न मुक्तिनाथ मन्दिर, एक हजार १०८ शिवलिङ्ग द्वादश ज्योर्तिलिङ्गसहित विश्वनाथ, पशुपतिनाथ मन्दिर, सन्त निवास (सत्सङ्ग कक्ष) भवन, वृद्धा तथा बाल आश्रम र सभागृहको उद्घाटन गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।

सनातन वैदिक धर्मावलम्बीको पवित्र तीर्थस्थल निर्माण गर्ने उद्देश्यले २०६८ सालमा मोक्षधामको परिकल्पना गरी २०७२ सालदेखि पूर्वाधार निर्माण शुरु गरिएको थियो ।

मोक्षधाम सेवा आश्रमले हालसम्म राधाकृष्ण मन्दिर, सत्सङ्गगृह, द्वादश ज्योतिर्लिङ्ग तथा एक हजार १०८ शिवलिङ्गसहितको विश्वनाथ मन्दिर, हवनकुण्ड, अमृत कुण्ड, बाल तथा वृद्धाश्रम, मुक्तिनाथ मन्दिर तथा सभागृह निर्माण गरेको छ । यसमा भौतिक पूर्वाधार निर्माणमा मात्रै करीब रु ६ करोड खर्च भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]