२५ चैत्र २०८१, बुधबार
09-04-2025 , Wed
×

अति आवश्यक परे मात्र अस्पताल आउन अपिल

Logo
प्रकाशित बिहिबार, बैशाख ०९, २०७८

न्यूजमधेश डेस्क
चितवन ,९ बैशाख । भरतपुर अस्पतालले अति आवश्यक परे मात्रै अस्पताल आउन सर्वसाधारणमा अपिल गरेको छ । अस्पतालले एक अपिल प्रकाशित गरी अस्पतालमा भीडभाड हुँदा कोभिड–१९ सङ्क्रमणको जोखिम बढी हुने जनाएको हो ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीद्वारा जारी अपिलमा कोरोनाको सङ्क्रमणको अनुपात दिनानुदिन बढ्दै गइरहेकाले अस्पतालमा धेरै भीडभाड हुँदा सङ्क्रमणको जोखिम बढी हुने जनाइएको छ ।

अपिलमा भनिएको छ “अति आवश्यक अवस्थामा मात्र अस्पतालमा आउनु हुन विनम्र अनुरोध गर्दछौँ ।” अस्पतालमा सेवा लिन आउँदा पनि जनस्वास्थ्यका मापदण्ड मास्क लगाउने, साबुनपानीले समय समयमा हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्नेजस्ता कार्य अनिवार्यरूपमा पालना गर्न पनि अपिलमा आग्रह गरिएको छ । अपिलमा कोभिड सङ्क्रमण हुनबाट आफू बच्न र अरुलाई पनि बचाउन भनिएको छ ।

यो अस्पताल सङ्घीय अस्पताल हो । यहाँ १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । यहाँ दैनिक दुई हजारभन्दा बढीसम्म बिरामी उपचारका लागि आउने गरेको तथ्याङ्क रहेको छ । जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार १४९ पुगेको छ । तीमध्ये सक्रिय सङ्क्रमित २१० रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

सङ्क्रमितमध्ये १८० होम आइसोलेसन र ३० जना अस्पतालमा उपचाररत रहेको कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार कारोना सङ्क्रमणबाट ११४ को मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]