१४ कार्तिक २०८१, बिहिबार
31-10-2024 , Thu
×

जबरजस्ती करणी मुद्धामा न्याय नपाएकी किशोरी निरास हुदैँ भन्छिन्, न्याय पैसामा किनबेच हुन्छ !

Logo
प्रकाशित बिहिबार, बैशाख ०९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,९ बैशाख । आफ्नै १७ वर्षिय भाईबाट बलात्कारको शिकार भएकी धनुषाकी एक १९ वर्षिय किशोरीले न्याय नपाएको गुनासो गरेकी छिन् । आफूलाई काकाको छोरा १७ वर्षिय श्याम महरा र अर्का नचिनेका अन्दाजी ३४÷३५ वर्षका व्यक्तिले जबरजस्ती करणी गरेको र आफूले न्यायको लागि अदालतको ढोका ढकढक्याउन गएको भएपनि न्याय नपाएको पीडित किशोरीले बताएकी छन् ।

उच्च अदालत जनकपुरका मुख्य न्यायाधिश प्रकाश चन्द्र गजुरेल सेवा निवृत हुन लागेको बेला जनघन्य अपराधका आरोपीलाई समेत तारेखमा छोडेको पीडित परिवारको आरोप छ । पछिल्लो समय जिल्ला अदालत, उच्च अदालत जस्तो न्यायको घरमा आर्थिक चलखेलका आधारमा न्याय किनबेच हुने गरेको समेत उनीहरुको आरोप छ ।

जिल्ला अदालतले आरोपितलाई जबरजस्ती करणी मुद्धामा २०७७ साल पुस २० गते बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा २४(२)(ख) अनुसार बालसुधार गृहमा राखी मुद्धाको पुर्पक्ष गर्न आदेश दिएको थियो । तर उच्च अदालतले आरोपितलाई तारेखमा छोडेर पीडितमाथि अन्याय गरेको पीडितकी आमाले बताईन् । जबरजस्ती करणी जस्तो जघन्य अपराधमा पनि अदालतबाट यस्तो गर्न मिल्छ र ? अब हामी न्यायको लागि कहाँ जानु भन्दै पीडितकी आमाले गुनासो गरिन् । उनले आफूहरुलाई न्याय दिलाइ दिन आग्रह समेत गरिन् ।

पीडित किशोरी परिवर्तित नाम २०(छ) ७० का अनुसार २०७७ साल कार्तिक ८ गते अन्दाजी ६ बजेको समयमा दिदी र अन्य साथीहरुसँग जनकपुरस्थित राजदेवी मन्दिरमा मेला हेर्न गएका थिए । मेला हेर्ने क्रममा दिदी र साथीहरु छुटेपछि उनी एक्लै जनकपुरधाम उपमहानगरपालिका ९ स्थित बाह्र बिगाहको बाटो हुँदै घरतर्फ आउँदै थिईन् । सोही बखत अन्दाजी रातको साँढे १० बजे काकाको छोरा श्याम महरा र अर्का नचिनेका अन्दाजी ३४÷३५ वर्षका एक व्यक्तिले उनलाई जबरजस्ती मोटरसाईकलमा राखेर वडा नम्बर १३ पछ्यारी टोलको आँप बगैंचामा लगि मुख थुनेर पालैपालो करणी गरे । उनले यो कुरा उनकी आमालाई सुनाईन् । त्यसपछि कार्तिक १४ गते उनकी आमाले श्याम महरा र अर्का अन्जान व्यक्ति विरुद्ध प्रहरीमा जाहेरी दिईन् । प्रहरीले प्रहरी निरीक्षक विजय यादवको नेतृत्वमा घटनाको अनुसन्धान सुरु ग¥यो । प्रहरीले कार्तिक १४ गते नै घटनाको मुचुल्का गरी १६ गते जिल्ला अदालतबाट पक्राउ पूजी लिई कार्तिक २९ गते राती धनुषाको मुखियारपट्टीबाट पक्राउ गरी अदालतमा पेश ग¥यो ।

प्रहरीले पक्राउ परेका महरालाई पहिलो पटक १० दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढायो । अनुसन्धान पश्चात जिल्ला अदालत धनुषाले निजलाई पुर्पक्षका लागि बालसुधार गृहमा राख्ने आदेश दिए पश्चात उनलाई वीरगञ्ज बाल सुधार गृह पठाइयो ।

पछि निजका बाबु प्रगास रामले आफ्नो छोराले करणी गरेको साँचो नभएकोले अदालतको आदेश बदर गरिपाउँ भनि दिएको निवेदनको आधारमा उच्च अदालत जनकपुरले प्रतिवादीलाई अदालतले चाहेको बखत उपस्थित गराउने शर्तमा २०७७ चैत्र १२ गते आमाबुवाको संरक्षणमा जिम्मा लगाउने आदेश दियो ।

अहिले उनी छुटेर घर आएका छन् । उनीको व्यवहार र हाउभाउ साँढा गोरुको जस्तो छ, पीडित किशोरीकी आमाले भनिन् । गाउँलेका भनाई अनुसार पीडित किशोरी र ती बालकको परिवार एकै परिवारका हुन् । उनीहरुबीच बर्षौदेखि अंशवण्डा सम्बन्धि विवाद थियो । पीडकका बाबु प्रगासले सगोलमै रहेको जग्गा २८ लाखमा विक्री गरेको थिए । उनले जग्गा विक्रि वापतको पैसा दाजू र भाईलाई दिएनन्, त्यसपछि विवाद सुरु भयो ।

दाजु र भाईले समाज राखे पछि ७ लाख रुपैयाँ दिने सहमति भयो । समाज राखेर बुबासँग पैसा लिएको रीस पोख्नकै लागि श्यामले दिदीको बलात्कार गरेको पीडित किशोरीकी काकीले बताईन् ।

पीडित किशोरीलाई बलात्कार गर्ने भनिएका अर्का एक व्यक्ति भने अझै फरार छन् । पीडत किशोरीका परिवारले हाडनाता बीच भएको करणी मुद्धालाई पनि अदालतले हल्का रुपमा लिएकोले आफूहरुले न्याय नपाएको बताएका छन् । ‘अरु भन्दा नि बिहे गर्ने उमेर भएकी छोरी, अब बलात्कारमा परेको भनेपछि कसैले बिहे गर्न मान्दैनन् ।’ पीडित किशोरीकी आमाले भनिन्, ‘हामी गरिब छौं, हामीसँग पैसा छैन, न्याय पनि पैसाले किन्नु पर्दो रहेछ । पैसाकै बलमा श्याम छुटेका हुन् भन्ने हामीलाई लागेको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]