न्यूजमधेश डेस्क
काठमाडौं,१५ बैशाख । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको हो ।
मंगलबार नेपाली बजारमा छापावाल सुन तोलामा ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने तोलामा सात सय रुपैयाँ घटेर ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
यसैगरी, तेजाबी सुन तोलाको ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।