०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

सप्तरीको छिन्नमस्तामा जनमतको टोल- टोलमा संगठन निर्माण

Logo
प्रकाशित शनिबार, बैशाख १८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१८ बैशाख ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीको छिन्नमस्ता गाउँपालिकामा टोल -टोलमा संगठन निर्माणलाई तिव्रता दिएको छ।

शनिबार बिजय रामको अध्यक्षामा गाउँपालिका ४ स्थित राम टोलमा नन्दकिशोर रामको नेतृत्वमा २१ सदस्यीय जनमत पार्टीको टोल कमिटी गठन गरिएको छ।

सो टोल कमिटीको उपाध्यक्ष रामकृष्ण राम,सचीवमा सुनिता देवि राम,सह सचीवमा हैरगुन राम र कोषाध्यक्षमा सैनी राम रहेको छ ।

त्यसैगरी सोही टोलमा शान्ती देवि रामकी नेतृत्वमा २१ सदस्यीय महिला जनमत संघको टोल कमिटी समेत निर्माण गरिएको जनमत पार्टी छिन्नमस्ता गाउँपालिकाका प्रमुख ऋषिकेश ठाकुरले जानकारी दिएको छ ।

उनले भने ,`कोरोना भाइरसबाट जोगिनको लागि जनचेतना जगाउदै माक्स वितरण समेत गरेको छु।´

सो जनचेतनाकै क्रममा राम टोलमा संगठन निर्माण गरेको उनले भनेका हुन।

उक्त जनचेतना र टोल कमिटी गठन कार्यक्रममा जनमत पार्टी छिन्नमस्ता गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र खंग,सचीव राजेश चौधरी ,गाउँपालिका सदस्य सुजित यादव,काली प्रसाद कर्ण , गंगा प्रसाद साह र विद्यार्थी जनमत संघका केन्द्रिय सदस्य राम नारायण साहको समेत उपस्थित रहेको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]