०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

कोरोना प्रभाव : बाँकेमा हालसम्म ३७६ जनाको मृत्यु

Logo
प्रकाशित बिहिबार, बैशाख ३०, २०७८

न्यूजमधेश डेस्क डेस्क
बाँके ,३० बैशाख । बाँकेमा कोरोना सङ्क्रमणबाट हालसम्म ३७६ जनाको ज्यान गएको छ । बाँकेका २१३ जना र बाहिरी जिल्लाबाट यहाँका अस्पतालमा उपचार गराउन आएका १६३ गरी आजसम्म ३७६ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार २०७७ साल जेठ ३ गतेदेखि मृत्युको सिलसिला शुरु भएको भएको थियो । कोरोनाको दोस्रो लहर शुरु भएपछि धेरैले ज्यान गुमाएका छन् । पछिल्लो दिनमा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पतालमा बाँके र बाहिरी जिल्लाका १२ देखि १७ जना सङ्क्रमितको उपचारकै क्रममा एकैदिन मृत्यु हुने गरेको छ ।

पश्चिम नेपालमै कोरोना उपचार केन्द्र बनेको भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका साथै कर्णाली र सुदूरपश्चिम जिल्लाका अस्पतालबाट दैनिक ठूलो सङ्ख्यामा बिरामी प्रेषण भई आउने गरेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताउनुभयो ।

पछिल्लो पटक गएराती बाँके, बर्दिया र दाङका गरी थप नौ जना कोरोना सङ्क्रमितको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ निवासी ४३ वर्षीया महिला, बर्दिया राजापुर नगरपालिका वडा नं ६ निवासी ५६ वर्षीया महिला र बर्दिया गुलरिया नगरपालिका वडा नं निवासी ३२ वर्षीया महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ६ निवासी ४३ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका वडा नं ६ निवासी ६४ वर्षीय पुरुष, दाङ तुलसीपुर उपमहानगरपालिका वडा नंं ५ निवासी ३५ वर्षीया महिला, डुडुवा गाउँपालिका वडा नं ३ बाँके निवासी ५० वर्षीया महिला, नरैनापुर गाउँपालिका वडा नं ५ बाँके निवासी ४२ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा नं १२ निवासी ७५ वर्षीया महिलाको गएराति मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]