०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

प्रदेश सांसद यादवको कर्तुत : मन्दिर निर्माणमा लाखौंको भ्रष्टाचार

Logo
प्रकाशित सोमबार, जेठ ०३, २०७८

मनोज मोरबैता
जनकपुरधाम ,३ जेष्ठ ।प्रदेश २ को धनुषा निर्वाचन क्षेत्र नम्बर २(ख)बाट प्रदेशसभामा निर्वाचित प्रदेश सांसद रामआशिष यादवको कालाकर्तुत बाहिर आएको छ ।

प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत औरही गाउँपालिका १ स्थित पौडेश्वरको जमुनी नदी किनारमा निर्माणाधीन गोविन्द मन्दिर निर्माण स्थलमा राखेको सूचना बोर्डमा सम्झौता रकम नलेखेपछि उनीमाथि भ्रष्टाचारको गन्ध आउन थालेको हो ।

सांसद रामआशिष यादव कुराले पहाडै खसाउने, समुद्रमा वस्ती नै बसाउने खालका छन् । तर विकास निर्माणका काममा भने पारदर्शिता देखाउन नसकेको स्थानीयको भनाई छ । नाम नखुलाउने सर्तमा एक स्थानीयले भने, ‘सांसद यादवले कमिसनको बारगेनिङ गरेर मात्र काम दिने गरेका छन् । सांसद यादवले कमिसन नपाउँदा सम्म भुक्तानी नै नदिने गरेको उनले बताए ।

उनले विकास हुनु राम्रो भएपनि योनाका विषयमा सबै कुरा अगाडि नै खुलाउनु पर्ने बताए । तर उनले गोविन्द मन्दिर निर्माण स्थलमा राखेको बोर्डमा लागत रकम खुलाएका छैनन्, यसबाट प्रष्ट हुन्छ कि उनले सो योजनामा ठुलै रकमको चलखेल गरेका छन् । उनले भने, सांसद रामआशिष यादवले भ्रष्टाचारको विरुद्धमा ओकालत समेत गर्ने गरेका छन् ।

तर आफै भ्रष्टाचारमा लिप्त भएको देखिन्छ । त्यसको प्रमाण मन्दिर निर्माण कार्यमा लाखौंको भ्रष्टाचार भएको प्रमाणित हुन्छ ।

स्थानीयका अनुसार सो योजना २०७७ चैत्र मसान्तमा सम्पन्न गर्नु पर्ने भएपनि अहिले सम्म मन्दिरको पिल्लर सम्म उठेको छैन । जनताका आशा र भरोसाका केन्द्र मानिएका सांसदहरुले नै यसरी योजना अलपत्र पार्ने र बजेट आफ्ने खल्तीमा हाल्ने गर्दा सम्म नियमनकारी निकायको ध्यान जान नसकेको भन्दै स्थानीयले दुःख व्यक्त गरेका छन् ।

यता सो निर्माणाधीन मन्दिरको योजनाका विषयमा थप कुरा बुझ्न सांसद यादवलाई पटक पटक फोन गर्दा समेत फोन सम्पर्क हुन सकेन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]