शम्भु पण्डित,जनकपुरधाम, असार २० गते ।धनुषाको सबैला नगरपालिका -९ स्थित भठियन चौकमा ठेकेदारको लापरवाहीको कारण धुलोले जीवन कष्टकर भएको भन्दै स्थानीय युवा तथा व्यापारीहरुले चक्काजाम गतिएको छ।हुलाकी राजमार्ग अन्तर्गत निर्माण कार्य भइरहेका सडकको लागि जथाभावी माटो खनेको र दिनभरि टिपर देखि टयाक्टर मोटरसाइकल लगायतका सवारी साधन चलदै आएको कारण सुक्खायाममा दिनहुँ धुलो उडने गरेको कारण वैकल्पिक उपाय खोज्न मांग गर्दै स्थानीय युवाहरुले आज शुक्रबार बिहान ८ :२० मिनेट देखि चक्काजाम समेत गरेका छन।हावाको कारण तथा यस मौसममा धुलो कारण टिपर अस्थिर चलाउने माग र निर्माणधिन रहेको सडक सबैलादेखि भठियन सम्मको हुलाकि सडकमा अत्यधिक धुलोधुंवा उडेर स्थानीय व्यापारीहरु बाध्य भएर बाटोजाम गरेका छन ।युवा, व्यापारीहरुले बाटोमा टेबुल, बेन्च कुर्सी लगायतका सामाग्री राखेर चक्काजाम गरेका हुन ।व्यापारीहरुले सडक बनाउनु राम्रो कार्य हो, तर समय समयमा पानी नछर्कीदा स्थानीय व्यापारीहरु सहित यात्रुहरुलाई समेत बस्न त कुरै छाडौं साँस लिन पनि गाह्रो भएको भन्दै स्थानी युवा कैलाश कापरले जनकारी दिएको छ।यता स्थानीय युवा संजय प्रधानले भन्छ हामीहरु हिजो बिहिवार पनि सडक जाम गरेको थिए तर ठेक्कामा लिएको ठेकेदारले अहिले सम्मसडकमा पानी पनि छर्किनु भएको छैन। त्यसैकारण यहाको स्थानीय बासिन्दालाई दिन दिने स्वास्थ्यमा समस्या आएको न्यूजमधेश संगकुरा कानी गर्दै बताएका छ्न।