०२ बैशाख २०८२, बुधबार
16-04-2025 , Wed
×

जनमत पार्टीले गरे रक्तदान

Logo
प्रकाशित सोमबार, जेठ १०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१० जेष्ठ । डा सीके राउत नेतृत्वको जनमत पार्टीले महामारीमा रगतको अभाव हुन नदिने भन्दै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार पार्टीले रुपन्देही जिल्लाको भैरहवा स्थित नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा कार्यालय परिसरमा ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ २० जनाले रक्तदान गरेको जनमत पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राम केश गुप्ताले जनकारी दिएको छ ।

सो रक्तदान कार्यक्रममा पार्टीका नेता राजेश मौर्या, विष्णु सिंह लोध, हरिकेश हरिजन, लालजी कोहार, निधिलाल अशान्त, राधेश्याम केवट, चन्द्र सिंह, सुन्दर यादव, ओम प्रकाश धवल लगायतले रक्तदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले रगतको अभावमा विरामीको अकालमै मृत्यु हुन नदिन रक्तदान कार्यक्रम गरिएको बताए । ‘कोभिड–१९ महामारीको बेला रगतको अभाव हुन सक्छ, निषेधाज्ञाका कारण रक्तदान कार्यक्रम हुन सकेका छैनन्, त्यसैले जनमत पार्टी नागरिकको ज्यान बचाउने अभियानमा लागेको छ, ’उनले भने ।

वातावरण संरक्षण गर्ने उद्देश्यले पार्टीले वृक्षारोपण अभियान समेत सञ्चालन गरेको उनको भनाइ छ ।

पार्टीका रुपन्देही जिल्ला इञ्चार्ज एवं केन्द्रीय सदस्य रामकेश गुप्ताको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा , नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका मन्त्री आर मोहम्मद खानको विशिष्ट आतिथ्यता तथा पार्टीका युवा नेता शम्भु यादवले कार्यक्रम संचालकको भूमिका खेलेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]