०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

जनकपुरधाम शिल गर्न प्रशासन संग उपमहानगरपालिकाको आग्रह

Logo
प्रकाशित बुधबार, जेठ १२, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१२ जेष्ठ । जनकपुरधाम उपमहानगरपालिकाले नगरलाई शिल गर्न प्रशासनसंग आग्रह गरेका छन् ।

कोरोना संक्रमणको दर कम नभएपछि प्रभावित वडालाई शिल गर्न जिल्ला प्रशासन कार्यालय धनुषासंग माग गरकोे हो।

पालिकाका प्रमुख प्रशासशकीय अधिकृत विनोदकुमार खड्काका अनुसार तीन दिन पहिले बसेको नगर कोभिड संकट व्यवस्थापन समितिको बैठकले शिल गर्ने निर्णय गरको े थियो। स्थानीय प्रशासनसंग पालिकालाई शिल गर्नअनुरोध गर्दै पत्र लेखेको थियो। मंगलबारसम्म जिल्ला प्रशासन कार्यालय धनुषाले शिल गर्न अनुमती पत्रको जवाफ फर्काएको छैन ।

जनकपुरधामको स्थानीय बजारमा मानिसहरूको लापरवाहीका कारण शिल गर्ने निर्णय भएको उनको भनाई छ । पालिका शिल भएपछि कोरोना संक्रमणको संख्यमा नियन्त्रण हुने उनको अनुमान छ ।

पालिकाले रल्वे स्टेसन, पेठिया बजार, महावीर चोक, जानकी चोक, रामानन्द चोक तरकारी बजारलगायत भिडभाड हुने ठाउँमा प्रशासनको निगरानी बढाउनसमेत अनुरोध गरका छन् े ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाले गोपाल धर्मशालामा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा अतिआवश्यक सामग्री म्याट्रेस, तन्ना, जग, पानी तताउने मेसिन,साबुन, औषधि किट, टुथपेष्टलगायत सामग्री कम्तीमा एक सय सेट खरिद गर्ने निर्णय गरको हो।

दिनप्रतिदिन संक्रमित बढ्दै गएपछि गोपाल धर्मशालामा रहेको ३० बेडको आइसोलेशसनलाई ५० बेडमा रुपान्तरण गर्ने तयारी थालेको हो। पालिकाले ७ लिटर क्षमताको थप ३० वटा अक्सिजन सिलिण्डर खरिद गर्ने प्रकृया पनि अगाडी बढाएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]