न्यूजमधेश डेस्क
रुपन्देही,१२ जेष्ठ । रुपन्देहीमा चार वर्षीया बालिका बलात्कृत भएकी छन्।
बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–४ बुद्धनगर बस्ने ५३ वर्षीय हेमलाल गन्धर्वलाई मंगलबार साँझ पक्राउ गरेको छ।
गन्धर्वले ती बालिकालाई आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ।
सो खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।