०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

जनकपुरधामको ऐतिहासिक मन्दिर कुपेश्वरनाथमा चोरी

Logo
प्रकाशित शनिबार, जेठ १५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१५ जेष्ठ। प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा रहेको ऐतिहासिक शिव मन्दिरमा गए राति चोरी भएको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं। १२ स्थित रहेको कुपेश्वरनाथ महादेव मन्दिरबाट शिवलिंगमा रहेको चाँदीको नाग र दान पेटिकामा रहेको पैसा चोरी भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नयाव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

राति पानी परिरहेको समय कुपेश्वरनाथ महादेव मन्दिरको द्वारको ताल्चा तोडेर चोरी भएको हो । प्रहरीका अनुसार मन्दिरमा रहेको भगवान शिवको मूर्तिमा लागेको चाँदीको नाग चोरी भएको छ । यसका साथै दानपेटिकामा रहेको लगभग ४० हजार रुपैयाँ समेत चोरी भएको प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।

मन्दिरका महन्थले केही दिन पहिला मात्र गुठी संस्थानलाई पत्र लेख्दै मन्दिरको जग्गा खाली गराउन उजुरी दिएका थिए । उजुरी पश्चात गुठी संस्थानले मन्दिरको जग्गामा रहेको घर तथा टहराहरु खाली गर्न लगाएको थियो । त्यसको केही दिन नबित्दै मन्दिरमा चोरी भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]