न्यूजमधेश डेस्क
काठमाडौं,२१ जेष्ठ । ललितपुरको एकान्तकुनामा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा झड्केलो बुवालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पुरुषलाई पक्राउ गरेको हो । परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिका घर भएका पुरुषले जेठ १८ मा छोरीलाई बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
बलात्कारको आरोप लागेका पुरुष परिवारसँग एकान्तकुनामा बस्दै आएका थिए । पत्नी, छोरा र झड्केलो छोरीसँग बस्दै आएका उनले डेरामा बलात्कार गरेको बताइएको छ ।
अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।