०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

मन्त्री यादवको घोषणा : पोखरीमा डुबेर ज्यान गुमाएका परिवारलाई १/१ लाख दिने

Logo
प्रकाशित शनिबार, जेठ २९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२९ जेष्ठ । प्रदेश २ सरकारका नवनियुक्त भौतिक पूर्वाधारमन्त्री रामसरोज यादवले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पोखरीमा डुबेर ज्यान गुमाएका बालिकाहरूको परिवारलाई राहत उपलब्ध गराउने घोषणा गरेका छन्।

मन्त्री यादवले प्रत्येक पीडित परिवारलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको तर्फबाट १/१ लाख रूपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्।

यादवको निर्वाचन क्षेत्रसमेत रहेको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ लक्ष्मीपुरस्थित एक खेतमा नयाँ खनिएको पोखरीमा डुबेर शुक्रबार पाँच बालिकाको एकैसाथ मृत्यु भएको थियो।

मन्त्री यादवले बेलाबखत भइरहने यस्ता घटनाप्रति गम्भीर रहेको बताउँदै तराई–मधेशमा रहेका अव्यवस्थित पोखरीलाई सुरक्षित बनाउन हरसम्भव प्रयास गरिने बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]