०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

प्रदेश नं २ स् नीति तथा कार्यक्रम पारित

Logo
प्रकाशित आइतबार, जेठ ३०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,३० जेष्ठ । आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम आज पारित भएको हो । सभामुख सरोजकुमार यादवले नीति तथा कार्यक्रम पारितको प्रस्ताव गर्दा विपक्षमा कोही नबोलेपछि नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको घोषणा गर्नुभयो ।

त्यसअघि मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणको अभियानमा प्रदेश सरकार पछि नपर्ने बताउँदै भन्नुभयो, “कोरोना महामारीको तेश्रो र चौथो लहरको कुरा आएको छ, सरकार सङ्क्रमण नियन्त्रणमा प्रतिबद्ध छ ।

बालबालिकाका लागि अब छुट्टै अस्पताल तयार गर्नेछौँ ।” उहाँले जनकपुरको मणिपालस्थित कोभिड अस्पतालमै बालबालिकाका लागि छुट्टै व्यवस्था गर्ने विषयमा अध्ययन भइरहेको जानकारी दिनुभयो ।

प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा १०र१० गरी ६४० परिवारलाई महेन्द्र नारायण निधी आवास योजनाअन्तर्गत घर बनाउने योजना बजेटमा समावेश गराउने राउतले बताउनुभयो ।

नीति तथा कार्यक्रमको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री राउतले बैठकमा आएका महत्वपूर्ण सुझाव बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]