न्यूजमधेश डेस्क
काठमाडौं,४ असार।जनता समाजवादी पार्टीका उदयपुर जिल्ला समिति सदस्यलाई प्रहरीले हतियार (पेस्तोल)सहित पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा जसपाका जिल्ला सदस्य प्रशुराम चौधरी छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी बेदप्रसाद गौतमका अनुसार उनलाई ‘मेड इन युएसए’ लेखिएको अटोमेटिक पेस्तोलसहित पक्राउ गरिएको हो ।
प्रशुराम युद्धकालमा माओवादी लडाकु हुन् । शान्ति प्रक्रिया शुरु भएसँगै उनी माओवादी केन्द्रको जिल्ला कमिटी सदस्यको रुपमा कार्यरत थिए ।
२०७७ माघबाट उनी जसपामा लागेका हुन् । यो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।