०९ बैशाख २०८२, बुधबार
23-04-2025 , Wed
×

धनुषा – सिरहा जोड्ने निर्माणधिन कमला पुलको निरिक्षणमा मन्त्री अरगरिया

Logo
प्रकाशित शुक्रबार, आषाढ ०४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,४ असार । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले कमला नदीको निर्मार्णाधिन पुलको निरीक्षण गरेका छन् ।

मन्त्री भएपछि बुधवार गृहजिल्ला धनुषा आएका मन्त्री आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँग भेटघाट तथा विकास निर्माणका काम कारवाहीबारे जानकारी लिँदै आवश्यक निर्देशन दिइरहेका छन्।

यसैक्रममा शुक्रवार मन्त्री अरगरियाले निर्मार्णाधिन धनुषा-सिरहा जोड्ने कमला नदीको पुलको निरीक्षण गरेका हुन्। पुलको निर्माण कार्य अन्तिम चरणमा छ।

निरीक्षणको क्रममा ठेकेदार कम्पनीका इन्जीनियरले १५ दिनभित्रै पुल स ञ्चालनमा आउने प्रतिबद्धता मन्त्री अरगरियासँग जनाएका थिए। मन्त्री अरगरियाले समयमै काम सक्न निर्देशन दिएका थिए।

‘यो पुल संचालनमा आएपछि सिरहा र सप्तरीका लाखौं जनता लाभान्वित हुनेछन्। यहाँ मजबुत तटबन्ध निर्माणका लागि आवश्यक पहल गर्नेछु,’ मन्त्री अरगरियाले भने। मन्त्रीसँगै यहाँका स्थानीय पनि पुल निर्माण स्थलमा पुगेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]