०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

उम्मेदवारीबारे छलफल गर्न देउवाले बोलाए निधिलाई

Logo
प्रकाशित शनिबार, आषाढ ०५, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,५ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न १४औं महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे छलफल गर्न उपसभापति विमलेन्द्र निधिलाई बोलाएका छन्।

देउवाले प्रदेश २ का आफू पक्षीय केन्द्रीय सदस्य निधिसहित अन्य नेताहरुलाई पनि बोलाएका छन् ।

देउवानिकट एक केन्द्रीय सदस्यका अनुसार पुनः सभापतिमा आफैं उठ्ने बताउनका लागि देउवाले निधिलाई बोलाएका हुन्। सभापतिमा निधिले उठ्ने यसअघि बताइसकेका छन्। आफ्नो पूर्वनिर्णयबाट पछि हट्नको लागि देउवाले निधिलाई आग्रह गर्ने बताइएको छ ।

एउटै समूहमा रहेका निधिले उम्मेदवारी दिने भएपछि संस्थापनपक्ष कमजोर बन्ने आकलन गरिएको छ। कांग्रेसले भदौ १६ देखि १९ सम्म १४ औं महाधिवेशन गर्ने गरी समय निर्धारण गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]