१० बैशाख २०८२, बिहिबार
24-04-2025 , Thu
×

ठाकुरसँग हार्ने निश्चित भएपछि गुण्डागर्दीमा उत्रियो उपेन्द्र समूह, यी महिला सांसद पतिको ज्यान लिने प्रयास

Logo
प्रकाशित शनिबार, आषाढ ०५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,५ असार। जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रुही नाज दम्पतीमाथि आक्रमण भएको छ ।

सर्लाहीबाट निर्वाचित संघीय सांसद नाज र उनका श्रीमानमाथि शुक्रवार सांघातिक हमला भएको हो । आक्रमणबाट सांसद नाजका श्रीमानको टाउको फुटेको छ ।

उनको ज्यान लिने प्रयास गरिएको पीडित परिवारले बताएको छ । सांसद नाजका सहयोगीका अनुसार उनीहरुमाथि जसपाका शीर्ष नेता महेन्द्रराय यादव निकट युवाहरुले हमला गरेका हुन् । गम्भिर घाइते नाजका पतिको अहिले उपचार भइरहेको छ । आक्रमण गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महेन्द्रराय यादव अहिले जसपामा प्रथम अध्यक्ष महन्थ ठाकुरलाई छोडेर यादव थरको जातीय सेन्टिमेन्टसँग जोडिँदै उपेन्द्र यादवको कित्तामा पुगेका छन् । उपेन्द्र यादवले महन्थलाई हटाएर पार्टी कब्जा गर्ने रणनीति लिएका छन् । ठाकुर समूहका मान्छे तानेर आफू बहुमतमा पुग्ने र पार्टी कब्जा गर्ने उपेन्द्रको रणनीति सफल हुन सकेको छैन । संसदीय दलमा र अहिले आएर कार्यकारिणीमा समेत ठाकुर समूहको बहुमतले उपेन्द्र पुरै अल्पमतमा परेका छन् । यस्तोमा ठाकुर समूहलाई साथ दिने सांसदमाथि दबाब बढाउन उपेन्द्र समूह आक्रमणमा उत्रिएको छ ।

विगतमा पूर्वसमाजवादी पार्टीबाट निर्वाचित सांसद नाज अहिले ठाकुर समूहतिर लागेकी छन् । जसरी पूर्वराजपाबाट निर्वाचित महेन्द्र राय यादव उपेन्द्र समूहतिर लागे त्यसैगरी रुही नाज ठाकुर समूहतिर लागिन् । महेन्द्रराय उपेन्द्रतिर लाग्दा ठाकुर समूहले केही भनेन । उनको निर्णयलाई स्वीकार गरयो । तर रुही नाजले आफ्नो निर्णय गरेर कित्ता परिवर्तन गर्दा उपेन्द्र समूह धम्क्याउने र कुटपिट गरेर मनोवैज्ञानिक त्रास दिएर गुण्डागर्दीमा उत्रिएको छ । जसपा यादव समूह स्रोतका अनुसार उपेन्द्र यादवको निर्देशनमा महेन्द्ररायका मान्छेले सांसद नाज दम्पतीमाथि हमला गरेका हुन् । महेन्द्रले रुही पनि आफूसँगै उपेन्द्र समूहमा नलागेको भन्दै आक्रमण गराएको बताइएको छ ।

यसअघि पनि महेन्द्ररायका मान्छेले रुहीलाई धम्क्याउने, गाली गर्ने, डर, त्रास देखाएर दबाब दिँदै आएका छन् । राजनीतिक रुपमा पकड कमजोर भएपछि गुण्डागर्दीमा उत्रिएर पार्टीमा बहुमत पुर्याउने हर्कतमा उपेन्द्र समूह लागेको छ । यसको उचित प्रतिवाद गरिने ठाकुर समूहका नेताहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]