०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

पर्यटन मन्त्री उमाशंकर अरगरियाले गरे राम मन्दिरको शिलान्यास

Logo
प्रकाशित आइतबार, आषाढ ०६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,६ असार । पशुपतिनाथ मन्दिर परिसरमा राम मन्दिर निर्माण हुने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले आइतवार उक्त मन्दिरको शिलान्यास गरेका छन्।

शिलन्यासपछि मन्त्री अरगरियाले पुननिर्मित राम मन्दिरले धार्मिक पर्यटनमा थप टेवा पुग्ने बताए। उनले समयमै निर्माण कार्य सम्पन्न गर्न पनि निर्देशन दिए।

मन्दिर पुरातत्व विभागको मापदण्डअनुसार परम्परागत शैलीमा बन्ने जानकारी दिँदै मन्त्री अरगरियाले युनेस्कोको विश्व सम्पदा सूचीमा परेको सम्पदाको कुनै संरचनागत परिवर्तन नहुने बताए।

साधुसन्तको सुरक्षालाई ख्याल गरेर निर्माण हुने बताउँदै कसैलाई पनि अवहेलना र निकालिने वातावरण अन्त्य गरिने उनको भनाइ थियो।

भूकम्पबाट क्षतिग्रस्त मन्दिरको पुनर्निर्माणका लागि काम सुरु भएको छ। ७ करोड लगानीमा आगामी अढाई वर्षभित्र सक्नेगरी राम मन्दिरको पुनर्निर्माण कार्य सुरु भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कोषका पदाधिकारी, साधुसन्त र भक्तजन सहभागी शिलान्याश कार्यक्रममा कोषका सदस्य सचिव डा प्रदीप ढकालले मन्दिर निर्माणको काम समयमै सक्ने प्रतिबद्धता जनाए।

सो अवसरमा मन्त्री अरगरियाले पशुपति क्षेत्र विकास कोषको निरीक्षण गरेका थिए। कोषका अध्यक्षसमेत रहेका मन्त्री अरगरिया कार्यकारी निर्देशक डा घनश्याम खतिवडा र सदस्य सचिव ढकालका साथमा निरीक्षण गरेका हुन्।

मन्त्रालय र कोष मिलेर पशुपति विकास कोषलाई पर्यटकीय र विकासका हिसाबले व्यवस्थित बनाउन काम गर्नुपर्ने धारणा मन्त्री अरगरियाले निरीक्षणका क्रममा राखे। निरीक्षणका क्रममा उनले पशुपति नाथ मन्दिरको दर्शन पनि गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]