न्यूजमधेश डेस्क
काठमाडौं,१० असार । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएकोमा बिहीबार २ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपैयाँ कायम भएको थियो भने बिहीबार ९० हजार रुपैयाँ कायम भएको छ ।
साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ कायम भएकोमा बिहीबार पनि सोही मूल्य कायम भएको छ ।