०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

जनकपुरधामको बजेट रु एक अर्ब ४७ करोडः स्वास्थ्य स्वयंसेविका र पत्रकारलाई प्रोत्साहन

Logo
प्रकाशित शुक्रबार, आषाढ ११, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,११ असार । जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि रु एक अर्ब ४७ करोड ३० लाख ८३ हजारको बजेट प्रस्तुत गरेको छ ।

उपमहानगरपालिकाको सातौंँ नगरसभामा उपप्रमुख रीताकुमारी झाले चालु खर्चतर्फ रु ९८ करोड २०लाख ६० हजार र पूँजीगततर्फ रु ४९ करोड ५० लाख २३ हजार विनियोजन गरिएको जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारबाट प्राप्त सशर्त अनुदान रकमका अतिरिक्त स्वास्थ्यतर्फ रु एक करोड ५० लाख विनियोजन गरेको छ ।

जनकपुरधाम पर्यटन प्रवद्र्धन तथा विकास सम्बन्धित विविध कार्यक्रमका लागि रु ५० लाख विनियोजन गरेकोछ । आगामी आवदेखि उपमहानगरपालिका भित्र स्नातकस्तरको प्राविधिक शिक्षालय सञ्चालन अनुमति प्राप्त गरी प्राविधिक शिक्षालय सञ्चालनका लागि रु ४० लाख नियोजन गरिएको छ ।

स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर गर्दै वार्षिक पोशाक खर्च रु १० हजार र मासिक रुपमा प्राप्त गर्दै आएको यातायात खर्चमा रु ५०० वृद्धि गरिएको छ ।

श्रमजीवी पत्रकारको बीमा गर्ने व्यवस्था मिलाउन नेपाल पत्रकार महासंघ धनुषालाई रु तीन लाख र उपमहानगरपालिकाका सम्पूर्ण सञ्चारमाध्यमलाई समानुपातिक ढंगले लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन रु तीन लाख विनियोजन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]