०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

अन्तरराष्ट्रिय विमानस्थलको उडान सामान्य

Logo
प्रकाशित शनिबार, आषाढ १२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१२ असार । मनसुनी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बदली र वर्षा भइरहेको छ ।

मनसुनी वायुका कारण देशका धेरैजसो स्थानमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै धेरै स्थानमा अहिले सामान्यदेखि हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँमा आज बिहानदेखि निरन्तर वर्षा भइरहेको छ । काठमाडौँको आकाशलाई पू्र्ण रुपमा बादलले ढाकेको छ ।

प्रतिकूल मौसमका बाबजुद पनि मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तरराष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ । अन्तरराष्ट्रियतर्फ कुनै पनि उडान अवरोध नभएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकतर्फ केही गन्तव्यको उडान सामान्य प्रभावित भएको छ ।

निरन्तरको वर्षा र बदलीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक उडानमा केही असहजता आए पनि अहिले क्रमशः सुधारोन्मुख छ । अन्तरराष्ट्रिय उडानको भिजिबिलिटी दुई हजार ५०० रहेको छ । त्यो उडानका लागि उपयुक्त हुन्छ । अन्तरराष्ट्रिय उडानतर्फ अधिकांश बिहानीको समयमा भएका छन् । काठमाडौँ अवतरण गर्ने जहाज बिहानै आइसकेका र साँझपखका उडान मात्र भएकाले कुनै अवरोध नभएको विमानस्थलले जनाएको छ । आन्तरिकतर्फ सीमित सङ्ख्यामा चार्टर्ड र उद्धार उडान मात्रै भइरहेको छ ।

सरकारले यही असार १७ देखि मुलुकको आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरिसकेको छ । अन्तरराष्ट्रिय उडानमा पनि असार १० गते बिहीबारदेखि कतिपय गन्तव्यमा केही उडान सङ्ख्या थप गरिएको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको थियो । आन्तरिक उडान वैशाख २० र अन्तरराष्ट्रिय उडान वैशाख २३ गते रातिदेखि स्थगन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]