०९ बैशाख २०८२, बुधबार
23-04-2025 , Wed
×

काठमाडौंमा महिला जनमत संघद्वारा रक्तदान

Logo
प्रकाशित शनिबार, आषाढ २६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२६ असार ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन महिला जनमत संघ काठमाडौंद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार महिला जनमत संघ काठमाडौंकी संयोजक रेखा रौनियारको अध्यक्षतामा रक्तदान कार्याक्रमको आयोजना गरिएको थियो । सो रक्तदान कार्यक्रममा ३० जना भन्दा बढी जनाले अरुको ज्यान बचाउनको लागि आफ्नो रक्तदान गरेको एक जना रक्तदाताले बताए ।

उनी अहिलेको अवस्थामा रक्त संचार केन्द्रमा रगतको अभाव हुनु दुखद हो ।रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस भने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको महिला जनमत संघ काठमाडौंकी संयोजक रेखा रौनियारले बताईन ।

उक्त कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई दिपक कुमार साह ,ई नरेन्द्र चौधरी , बबिता इसर ,केन्द्रीय सचिव हेमलाता रजक ,केन्द्रीय सदस्य राजेन्द्र राय , जनमत पार्टी काठमाडौं उपत्यकाका अध्यक्ष सुमन मण्डल ,उपाध्यक्ष रोजी रानी देव  र सचिव ई अजय कुमार चौधरी  सहितका नेता कार्यकर्ताहरुको उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]