०९ बैशाख २०८२, बुधबार
23-04-2025 , Wed
×

सप्तरीमा भ्रष्टाचारको विरुद्धमा प्रदर्शन

Logo
प्रकाशित आइतबार, आषाढ २७, २०७८

कमल कुमार मण्डल
सप्तरी, २७ असार । सप्तरीमा जनमत पार्टीद्धारा आज (आइतवार) भ्रष्टाचारको विरुद्धमा विरोध प्रदर्शन गरिएको छ ।

राजविराज स्थित रहेको पार्टी कार्यालय बाट निकालिएको विरोध प्रदर्शनको ¥याली नगर परिक्रमा गर्दै दशन चौक (नेता चौक) स्थित कोण सभामा परिणत गरिएको थियो ।

जनमत पार्टी सप्तरीको जिल्ला समन्वय समितिद्धारा आयोजना गरिएको कार्यक्रममा विभिन्न गाउँपालिका, नगरपालिकाबाट नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

भ्रष्टाचार विरुद्ध एक हौ, विकाश शान्ति र सुरक्षाको लागि भ्रष्टाचार विरुद्ध एक हौ, भ्रष्टाचार मुक्त समाज निर्माण गरौं, भ्रष्टाचार मिटाऊ देश बचाऊ, भ्रष्ट नेता कर्मचारीलाई जेलमा बन्द गर, भ्रष्टाचार बन्द गर, स्टप कर्पसन, भ्रष्टाचारी माथि कारवाही होस, जनमत पार्टी जिन्दावाद, भ्रष्टाचारी मुर्दावादलगायतका नाराहरु लगाउदै प्लेकार्ड सहित प्रदर्शन गरेको थियो ।

जनमत पार्टी सप्तरीको समन्वय समितिको अध्यक्ष चन्देश्वर मण्डल (किसान) को अध्यक्षतामा अयोजना गरिएको कोणसभामा पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशी, समन्वय समितिको उपाध्यक्ष नारायण यादव, सह सचिव शिवनन्दन मेहता, कोषाध्यक्ष शम्भु साह, यूवा जनमत सप्तरीका संयोजक मनोज यादव, वरिष्ठ नेतृत्व मण्डलका केन्द्रीय सदस्य सुर्यदेव यादवलगायतका व्यक्तिहरुले मन्तव्य व्यक्त गरेको थियो ।

जिल्लाको विभिन्न स्थानिय तहमा विकासिय कार्यमा भ्रष्टाचार भईरहेकोले आफूहरु प्रदर्शनमा उत्रिएको प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशीले बताए ।

उक्त कार्यक्रममा उद्घोषण सप्तरीका सचिव थानेश्वर प्रसाद साहले गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]