०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सर्वोच्चको परमादेश कार्यान्वयन असम्भवः नेता बस्नेत

Logo
प्रकाशित सोमबार, आषाढ २८, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२९ असार । नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले दिएको परमादेशको कार्यान्वयन असम्भव रहेको टिप्पणी गरेका छन् । अदालतको आदेशले देश राजनीतिक द्वन्द्वमा प्रवेश गरेको बताउँदै उनले आदेश कार्यान्वयन असम्भव रहेको भनेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै बस्नेतले कार्यकर्तालाई माइतीघर मण्डलामा भेला भएर फैसलाको विरोध जनाउन पनि आह्वान गरेका छन् । उनले फैसला ‘असंवैधानिक’ रहेको बताउँदै भनेका छन्, ‘आजको दिन नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिन, निर्दलीय शासन व्यवस्था पुन विजारोपण भएको दिन ।’

बस्नेतले व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायाधीशहरुले हातमा लिएको पनि बताएका छन् । उनले भनेका छन्, ‘व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेटिङवाला केही न्याय मूर्तिका नामधारीहरुले हातमा लिएको क्षण ।’

सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]