मौसम झा ,जलेश्वर ।महोत्तरीको पिपरा गाउँपालिका -२ स्थित रहेको विद्यालयदेखि पर्सासम्मको छ्डकीमा २४ गतेदेखि माटोमा नै ढलान सुरु गरिएको छ । ढलान २ सय ६५ मिटर गर्नु पर्ने छ।त्यस्मा कुल बजेट २५ लाख रुपैया छुटियाएको छ।सो सडकमा मंगलवारदेखि ढलान सुरु भएको हो ।
वडा अध्यक्ष ब्रम्हदेव यादव, प्रशासकिय अधिकृत र उपाध्यक्ष समेतको मिलोमतोमा भइरहेको सो ढलानमा व्यापक अनियमितता भइरहेको स्थानीयहरुले गुनासो गरेका छन् ।तर केहि दवंगहरुलाई राखेर भइरहेको सो ढलानको विरोध डरले स्थानीय बासिन्दाहरुले गर्न सकेका छैनन् ।पिपरा गाउँ पालिकाका अध्यक्षको निधन भइसकेको छ ।उपाध्यक्षले कामकाज गरिरहेकी छन् ।पिपरामा राष्ट्रिय जनता पार्टी(राजपा)नेपालको वर्चस्व रहेको छ ।
आइतवार, सोमवार माटो हालिएको सडकमा मंगलवार अपरान्हदेखि ढलान सुरु गरिएको छ ।मो.मञ्जुर आलमको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले माटोमा ढलान सुरु गरेको छ ।१५ फिट चौडाईमा ढलान हुने बताइएपनि १२ फिट भन्दा बढि नरहेको स्थानीय बासिन्दाहरुले जनाएका छन् ।