०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

नेता महेश बस्नेतले दिए प्रधानन्यायाधीश चोलेन्द्रशमशेरलाई राजनीतिको मैदानमा आउन चुनौती

Logo
प्रकाशित मंगलबार, आषाढ २९, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२९ असार । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजनीतिको मैदानमा आउन चुनौती दिएका छन् ।

संसद पुनस्र्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिने सर्वोच्चको फैसलाविरुद्ध राष्ट्रिय युवा संघले माइतीघर मण्डलामा गरेको विरोध सभामा बस्नेतले जबराले कार्यपालिका, व्यवस्थापिका र अन्य संवैधानिक निकायको अधिकार उपयोग गर्न खोजेको आरोप लगाए ।

संसदलाई ह्वीप उल्लंघनमा कारबाही गर्न पाउँदैन भन्ने आदेश दिएर प्रधानन्यायाधीश जबराले न्यायालयलाई अर्को राजनीतिक संस्था बनाएको उनको आरोप छ । ‘सर्वोच्च अदालतले आज आफूलाई कुनै पार्टीको घोषणा गर्न खोजेको हो रु’ उनले भने, ‘तपाईं एमालेको नेता बन्ने रहर छ भने एमालेमा आउनुहोस् । एमालेलाई हराउने रहर छ भने कांग्रेस प्रवेश गरेर आउनुहोस् ।’

‘नयाँ दल गठन गरेर आउने कुरा त तपाईंका बाउबाजेले नसकेको कुरा तपाईंले सक्नुहुन्न,’ उनले अघि भने । जबराले अहिले देउवालाई प्रधानमन्त्री बनाउने र विश्वासको मत नदिएर ढाल्ने, अनि ६ महिना पछाडि नयाँ स्वरुप ग्रहण गरेर आफू प्रधानमन्त्री बन्ने डिजाइनका साथ फैसला गरेको उनको आरोप छ ।

बस्नेतले भनेका छन्, ‘हामी यो फैसला स्वीकार गर्दैनौं । अब मुलुक द्वन्द्वमा प्रवेश गरेको छ ।’

‘चोलेन्द्रशमशेरजी, जहानियाँ राणा शासन सकियो । तपाईंमा देखिएको यो जहाँनिया शैली अब नेपाली जनताले प्रतिकार गर्छन् । चुनावी सरकार बनाएर प्रधानमन्त्री बन्ने सपना देख्नुभएको छ भने तपाईंको सपना नजन्मँदै तुहिने छ ।’

सर्वोच्चको यो फैसला प्रधानन्यायाधीशले गरेको नभई अधिवक्ताहरु रमण श्रेष्ठ र शम्भु थापाले गरेको उनको आरोप छ । ‘रमण श्रेष्ठ र शम्भु थापाहरुको संवैधानिक इजलासले गरेको फैसला हो, यो चोलेन्द्रशमशेरले गरेको फैसला होइन,’ उनले भने, ‘निरंकुश, लोकतन्त्र विरोधी, अधिनायकवादी शक्तिहरुले अन्तर्राष्ट्रिय सेटिङमा सर्वोच्च अदालतलाई घाँस खुवाएर फैसला गराएका हुन् ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]