०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

देउवा पाँचौँ पटक प्रधानमन्त्री बन्दै

Logo
प्रकाशित मंगलबार, आषाढ २९, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पाँचौँ पटक प्रधानमन्त्री बन्दैछन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा बिघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै देउवा पाँचौँ पटक प्रधानमन्त्री हुन लागेका हुन् ।

सर्वोच्च अदालतको परमादेशअनुसार उनी आज अपराह्न ५ बजेभित्र प्रधानमन्त्री बन्दैछन् । राष्ट्रपति कार्यालयले सपथका लागि खबर गरिसकेकाले आजै ५ बजे सपथ ग्रहरणको तयारी भएको कांग्रेस नेताहरुले जनाएका छन् ।

यसअघि देउवा तत्कालीन राजा वीरेन्द्र शाहको पालामा पहिलोपटक २०५२ साल भदौ २७ देखि २०५३ साल २९ फागुनसम्म प्रधानमन्त्री भएका थिए ।

त्यसको पाँच वर्षपछि उनी तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा दुई पटक प्रधानमन्त्री भए । देउवाको दोस्रो पटक २०५८ साउन देखि २०५९ असोज १८ सम्म प्रधानमन्त्री भएका थिए ।

तर तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई हटाएर ०५९ असोज १८ मा शासन सत्ता आफ्नो हात लिएका थिए । लगत्तै आन्दोलन भएपछि देउवालाई ०६१ साल जेठ २१ मा तेस्रो पटक प्रधानमन्त्री भए । तर उनको कार्यकाल ८ महिनाभन्दा बढी हुन सकेन । देउवालाई असक्षम भन्दै ज्ञानेन्द्रले माघ १९ मा आफैँ देशको शासन सत्ता हातमा लिए ।

०६१ सालपछि करिव १३ वर्ष देउवा प्रधानमन्त्री भएनन् । उनी २०७४ साल जेठ २३ मा माओवादी केन्द्रको समेत साथ पाएर प्रधानमन्त्री बने ।

आफैँले गराएको चुनावमा नेपाली कांग्रेस हारेपछि चर्को आलोचना खेपेका देउवा अहिले अर्को चुनाव नआउँदै प्रधानमन्त्री बन्दैछन् । प्रधानमन्त्री नियुक्त भएपछि उनले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।

देउवाले विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटन हुनेछ र देउवाले नै फेरि अर्को चुनाव गराउनेछन् ।

आजै सानो आकारको मन्त्रिपरिषद्

देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् पनि बनाउने तयारी गरेका छन् ।

आज कांग्रेस र माओवादी केन्द्रका केही नेतालाई मन्त्री बनाउने गृहकार्य भएको छ । यसको निर्णय सपथग्रहण अघि नै गठबन्धनको बैठक बसेर हुनेछ ।

जसपाको बाबुराम भट्टराई(उपेन्द्र यादव खेमा भने साउन ७ पछि मात्रै सहभागी हुने भएको छ । जसपाको विवादबारे सर्वोच्च अदालतले साउन ३ मा निर्णय दिने सम्भावना रहेकाले त्यसकै आधारमा अघि बढ्ने तयारी सो समूहले गरेको छ ।

गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी हुने वा नहुने भन्नेमा अनिर्णित छ । एमालेको नेपाल(खनाल समूहका नेता माधव कुमार नेपालले भने परिस्थितिमा बदलाव आएकाले आफू अब गठबन्धनमा पनि नरहने जनाएका छन् । यद्यपि उनले एमालेलाई पनि समेटर संयुक्त सरकार बनाउन देउवालाई सुझाव दिएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]