१० बैशाख २०८२, बिहिबार
24-04-2025 , Thu
×

देउवा प्रधानमन्त्री भएपछि कांग्रेसका कार्यकर्ताहरुको दादागिरी ,सर्वसाधारणलाई कुटपिट

Logo
प्रकाशित बुधबार, आषाढ ३०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,३० असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेकै दिन उनका कार्यकर्ताहरुले पटाखा पट्काएर सर्वसाधारणलाई कुटपिट गरि गम्भीर घाइते बनाएका छन्।

देउवा प्रधानमन्त्री बनेकै दिन रौतहटको राजपुर नगरपालिकामा उनका समर्थकहरुले पटाखा पट्काएर स्थानीयवासीलाई हैरान पारेका हुन्।

पटाखाले राजपुर नगरपालिकाका स्थानीयवासीलाई अफ्ठ्यारो भइ रहदा केही स्थानीय घर आसपास पटाखा नपट्काउन भन्न जाँदा आफताब आलमका भाइ शेख शोयब र उनका छोराहरुले पुर्वमन्त्री राजा बाबुको बुहारी तथा भतिजहरुमाथि कुटपिट गरेका थिए।

कुटपिटबाट पुर्वमन्त्री राजा बाबुको भतिजहरु घाइते भइ अस्पताल भर्ना भएका छन्। उनीहरुको उपचार भइरहेको पारिवारिक स्रोतले बताएको छ। स्थानीयहरु कांग्रेस समर्थक कार्यकर्ताहरुको यस्तो रवैयाको विरोध गरिरहेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई मंगलबार प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयको नाममा परमादेश दिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]